Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान आउँदै गरेको टेम्पो खोलाले बगायो

हाम्रो कोशी आवाज
असार ६ २०७९, सोमबार
धरान आउँदै गरेको टेम्पो खोलाले बगायो

धरानः खोला तर्ने क्रममा खोलाले टेम्पो बगाउँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बराहक्षेत्र-१ चतरा बस्ने कल्पन राईको छोरी वर्ष १७ स्टिफिना राई रहेकी छिन् । सोही अटो टेम्पोमा सवार रसुवा गोसाइकुण्ड-६ धुन्चे बस्ने वर्ष १८ कि आनिया तामाङको बायाँ खुट्टामा चोट लागेर घाइते भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।
आइतबार राति ७ः४५ बजेको समयमा बगुवास्थित धरान-चतरा भित्री सडक खण्डमा चतराबाट धरानतर्फ आउँदै गरेको को२ह ८९८५ नम्बरको टेम्पो बाघ खोला तर्ने क्रममा टेम्पो र चालक खोलाले बगाई बेपत्ता बनाएको थियो ।
खबर प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय चतराबाट प्रहरी टोली र सशस्त्र वेश क्याम्प चतराबाट समेत टोली खटेको थियो । खोजतलास गर्ने क्रममा बगाएको स्थानबाट ६०० मिटर तल खोलामा किशोरी मृत भेटिएकी थिइन् । टेम्पो चालक धरान-१७ बस्ने वर्ष २२ का राजु राई सकुशल रहेको प्रहरीले जनाएको छ । चालक र इलाका प्रहरी कार्यालय महेन्द्रनगरको नियन्त्रणमा रहेको र टेम्पो खोलामै रहेकोले खोला बाहिर निकाल्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
शवको पोष्टपाटमको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ । -शीर्षक सच्याइएको छ । -सं.

प्रकाशित मिति: असार ६ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend