Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बगरकोटमा महिला तथा पुरुष भलिबल

हाम्रो कोशी आवाज
असार ६ २०७९, सोमबार
धरानको बगरकोटमा महिला तथा पुरुष भलिबल

धरानः धरानमा सातौं बाँझगरा खुल्ला पुरुष महिला तथा प्रदेश १ अन्तर जिल्लास्तरीय भेट्रान भलिबल प्रतियोगिता २०७९ सम्पन्न भएको छ ।
बाँझोगरा युवा क्लब धरान–१५ को आयोजनामा भएको प्रतियोगितामा महिलातर्फ झापा दमक नगरपालिका बिजेता बनेको छ भने पुरुषतर्फ भोजपुर षडानन्द नगरपालिका बिजेता बनेको छ ।
महिलातर्फबाट दमक नगरपालिकाले अन्तिम स्कोर २५ अंक ल्याएको थियो भने उपविजेता इटहरी क्लबले १४ स्कोर प्राप्त गरेको थियोे । पुरुषतर्फमा भोजपुर षडानन्द नगरपालिकाले २५ स्कोर अंक प्राप्त बिजेता बनेको थियो । फाइनल खेल षडानन्द र धरान–१७ को उदय स्पोर्टिङ क्लबबीच खेल भएको थियो भने महिलातर्फ दमक नगरपालिका र इटहरी क्लबबीच भएको थियो ।
असार २, ३ र ४ गते भलिबल कप आयोजना भएको क्लबका अध्यक्ष कर्ण केदेमले जानकारी दिए । प्रतियोगिता धरान–१५ स्थित बगरकोटमा भएको थियो । खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम पुरस्कार १ लाख १ हजार, मेडल, प्रमाणपत्र र ट्रफी, दोस्रो पुरस्कार ६१ हजार, मेडल, प्रमाणपत्र र ट्रफी पाउनेछन् भने खुल्ला महिला भलिबलतर्फ प्रथम पुरस्कार ३० हजार र दोस्रो पुरस्कार २० हजार, मेडल, ट्रफी र प्रमाणपत्र पाएका थिए भने अन्तर जिल्लास्तरीय भेट्रान भलिबलतर्फ प्रथम पुरस्कार ५१ हजार र दोस्रो पुरस्कार ३१ हजार मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
भलिबल प्रतियोगिताभरी व्यक्तिगत विधातर्फ वेस्ट डिफेन्स, वेस्ट सटर, वेस्ट ब्लकर, वेस्ट सर्भर, वेस्ट स्पाइकर र सर्वोत्कृष्ट खेलाडी छनोट गरी नगद पुरस्कारसहित मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो । तस्वीरहरुः लक्ष्मण 

प्रकाशित मिति: असार ६ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend