Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा स्वतन्त्रद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध

हाम्रो कोशी आवाज
असार ७ २०७९, मंगलबार
धरानमा स्वतन्त्रद्वारा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध

धरानः धरानमा स्वतन्त्रले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।
मूल्यवृद्धि खारेज गर्न माग गर्दै स्वतन्त्र नागरिक समाज धरान नगर समितिले विरोध प्रदर्शन गर्दै मूल्यवृद्धि फिर्ता लिन माग गरेको हो । धरानका विभिन्न ठाउँ हुँदै धरान उपमहानगरपालिका परिसर, छाताचोक हुँदै पुगेको रयाली भानुचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर लेखिएको ब्यानर र पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर, सेती, बुढीगण्डकीको नाममा पेट्रोलियम पदार्थको नाममा लगाएको कर खारेज गर, आयल निगमको चुहावट बन्द गर, बढेको महंगी फिर्ता गर, सरकार तेरो पाराले दुःख पायो साराले, कमिसनखोरी, बोनसखोरी होसियारलगायतको नारा लेखिएको प्लेकार्ड बोकेर उनीहरु भानुचोकसम्म प्रदर्शन गदै पुगेका थिए ।
सरकारले अविलम्ब पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नलिए आगामी दिन विरोधका कार्यक्रम थप सशक्त बनाउँदै जाने चेतावनीसमेत उनीहरूले दिएका छन् । स्वतन्त्र नागरिक समाजका तर्कबहादुर मगरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नभए धरानमा थप सशक्त कार्यक्रम ल्याएर अघि बढ्ने बताए । उनले धरानको भानुचोकमा मोटरसाइकल छाडिदिने र पेट्रोल पम्पमा धर्ना दिनेसम्मको कार्यक्रमको तय भएको जानकारी दिए । समाजकी गंगा राई, कोपिला घिमिरेलगायतले पनि सम्बोधन गरेका थिए ।
सरकारले पेट्रोलमा प्रति लिटर २१ तथा डिजेल र मट्टीतेलमा प्रति लिटर २७ रुपैयाँ मूल्य बढेको छ । आइतबार राति १२ बजेदेखि लागू भएको मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १९९ तथा डिजेल र मट्टीतेल प्रतिलिटर १९२ रुपैयाँ पर्नेछ ।
अचाक्ली भयोः राजनीतिक विश्लेषक एवं सहप्राध्यापक डा. राजेन्द्र शर्मा
उनले संसारभर पेट्रोलको मूल्य बढेको बताए । उनले आफूहरुले तेलको मूल्यवृद्धिको विरोध नगरेको बताए । ‘सरकारले १३१ रुपैयाँ तेल किन्छ अनि जनतालाई १९९ मा बेच्नु यो त अचाक्ली भयो नि, सरकार भनेको जनतालाई राहत दिने, सेवा गर्ने त्यस्तो निकाय पो हो त ।’ उनले पैसा नाफा कमाउन लागिपरेको आरोप समेत लगाए । उनले तेलमा तस्करी गरिरहेको आरोप पनि लगाए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: असार ७ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend