Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको प्राइम भिजन कलेजमा हस्पिटालिटी म्यानेजमेन्ट तालिम

हाम्रो कोशी आवाज
असार ९ २०७९, बिहिबार
धरानको प्राइम भिजन कलेजमा हस्पिटालिटी म्यानेजमेन्ट तालिम

धरानः धरानमा एडभान्स डिप्लोमा अध्यापन गराउँदै आएको प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजमा हालै एसइई दिएका विद्यार्थीलाई लक्षित गरी १० दिने निःशुल्क हस्पिटालिटी म्यानेजमेन्ट तालिम सम्पन्न भएको छ ।
प्राइम भिजन कलेजले आफ्नै भवनमा सञ्चालन गरेको सो तालिममा विद्यार्थीलाई होटल म्यानेजमेन्ट साथै विभिन्न व्यवहारिक विषयहरुमा प्रशिक्षित गरिएको कलेजका कार्यक्रम संयोजक संगीत सिग्देलले जानकारी दिए ।
तालिममा होटल व्यवसायसम्बन्धी जानकारी गरिएको थियो भने व्यवसायिक किचनसम्बन्धी तालिम, खानालाई कसरी ग्राहक माझ प्रस्तुत गर्ने, समूहमा बोल्न सक्ने क्षमताको अभिवृद्धि, व्यक्तित्व विकासजस्ता विभिन्न व्यवहारिक विषयहरुमा सहभागीहरुलाई प्रत्येक विधाका विज्ञद्वारा सहजीकरण गरिएको थियो ।
तालिमको अन्तिम दिन सम्पूर्ण सहभागी विद्यार्थीलाई उज्वल भविष्यको शुभकामना ब्यक्त गर्दै कलेजका निर्देशक अनिल श्रेष्ठले प्रमाणपत्र वितरण गरेका थिए । तालिममा उपस्थित एक विद्यार्थीले यो तालिम भिन्न खालको रहेकाले रोचक र जीवनोपयोगी भएको बताउँदै यसबाट हाम्रो ज्ञान र सीप विकासमा मद्दत मिलेको बताए ।
विगत ५ वर्षदेखि होटेल म्यानेजमेन्ट र म्यानेजमेन्ट विषय अध्यापन गराउँदै आएको प्राइम भिजन कलेजले विद्यार्थीको क्षमता अभिवृद्धि हुने खालका विभिन्न कार्यक्रमहरु समय–समयमा आयोजना गर्दै आइरहेको छ ।

प्रकाशित मिति: असार ९ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend