धरानः भोलि धरानमा सरकारी स्कुल नलाग्ने भएको छ ।
धरान उपमहानगरपालिकाअन्तर्गत रहेको सेतो गुराँस बाल विकास केन्द्रमा कार्यरत शिक्षिका अनिला राईको निधनमा शोक विदा दिइएको एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष वीरेन्द्रबहादुर शाहले जानकारी दिए ।
धरान उपमहानगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक स्कुललाई विदाइ दिइएको उनले जानकारी दिए । ‘राईको असामयिक निधनको खबरले सिंगो शक्षिक जगत अत्यन्तै मर्माहित भएको छ । यस दुःखद् घडीमा उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति ईश्वरबाट प्राप्त होस् भनी कामना गर्दछौं’, नेपाल शिक्षक संघका अध्यक्ष आशबहादुर राई, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बुद्धसागर सुवेदी, एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष वीरेन्द्रबहादुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
गत ८ गते प्रेसर रोगका कारण उनको निधन भएको परिवारजनले जानकारी दिएका छन् ।
