पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिँदै । तस्वीरः रश्मी प्रधान
धरानः धरानको मितेरी फुटसलले बि क्याटोगोरी मितेरी फुटसल टुर्नामेन्ट २०७९ आयोजना गर्ने भएको छ ।
बिहीबार पत्रकार सम्मेलनमार्फत्् असार १४ १५ र १६ गते धरान–११ स्थित मितेरी फुटसलमा बि क्याटेगरी फुटसल टुर्नामेन्ट हुने भएको छ ।
टुर्नामेन्टमा प्रदेश नम्बर १ भरिबाट ३० वटा टिम समावेश हुने भएको छ । टुर्नामेन्टमा क्याटागेरी नछुटाइ सबैलाई एउटै प्रतियोगितामा समावेश गर्दा फुटसल प्रतियोगितामा उत्कृष्ट र तालिम प्राप्त खेलाडीहरुको मात्र खेलको विकास हुने र नयाँ खेलाडीहरुको खेल प्रतिभा विकास नहुने भएकाले नव प्रतिभावन खेलाडी खोजी गर्नका लागि बि क्याटोगरीको फुटसल गर्न लागेको मितेरी फुटसल सञ्चालक लोकेन्द्र राईले जानकारी दिए ।
प्रतियोगितामा विजेताले ५० हजार नगद र उपविजेताले २५ हजार नगद प्राप्त गर्ने छन् भने व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी र उत्कृष्ट नव उदयीमान खेलाडीले नगद २५ सय र स्पोर्ट सुज दिइने मितेरी फुटसलका सञ्चालक राईले बताएका छन् ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल नारालाई सार्थक तुल्याउने प्रयास गर्दै प्रतियोगिता आयोजना हुने आयोजकले जनाएको छ । टुर्नामेन्टबाट बचेको केही रकम केही भाग धरानको विकास निर्माण तथा समाजसेवाका लागि खर्च गर्ने यस स्पोट्स सेन्टरको मुख्य उद्देश्यअन्र्तगत उनले ट्राफिक मिरर भेडेटारदेखि धरान १३ को पेट्रोल पम्पसम्म लगाउने भनिएता पनि सरकारी नियमले लगाउन नपाएकोमा दुःख प्रकट गर्दै धरानका प्रत्येक चोकचोकमा १ सय वटा ट्राफिक मिरर (ट्राफिक ऐना) लगाउने उद्घोष गरे । उनले आगामी दिनमा पनि समाजसेवा तथा धरानको विकासमा अघि बढदै जाने बताए ।
पत्रकार सम्मेलनको सञ्चालन मितेरी पुटसलका सल्लाकार तथा जिल्ला वक्सिङ खेलका प्रशिक्षक विकासकुमार गुबाजुले गरेका थिए ।