Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको विष्णुपादुकामा साथीको हत्या

हाम्रो कोशी आवाज
असार १३ २०७९, सोमबार
धरानको विष्णुपादुकामा साथीको हत्या

धरानः धरानमा हत्या गरी फरार रहेका एक व्यक्ति ९ वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उदयपुर त्रियुगाका गम्भीरबहादुर दनुवार रहेका छन् । १९ वर्षीय किशोर चित्रकुमार मग्रातीको हत्या गरेर उनी फरार रहँदै आएका थिए । उनले हत्या गरेको प्रमाणित गर्दै सुनसरी अदालतले उनीमाथि २० वर्ष कैद फैसला सुनाएको थियो । त्यसपछि उनी हालसम्म पनि फरार रहँदै आएका थिए ।
उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले गत १० गते लगातार दुई महिनाको नियमित फलोअप पश्चात बानियाटार काठमाण्डौबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए । उनलाई कैद भुक्तानका लागि झुम्का कारगार चलान गरिएको उनले जानकारी दिए ।
यस्तो थियो घटना
करिब ९ वर्षअघि धरान–२० मा पिकनिकमा विवाद बढ्दै जाँदा कुटपिट हुँदा एकजनाको मृत्यु भएको थियो । २०७१ साल मङसिर १ गते भोजपुर हसनपुरका १९ वर्षीय किशोर चित्रकुमार, उदयपुर त्रियुगाका गम्भीरबहादुर र संखुवासभा फाकुका विक्रम राई धरानमा पिकनिक खान आएका थिए ।
उनीहरुबीच विवाद बढ्दै जाँदा गम्भीरबहादुर र विक्रम मिलेर चित्रकुमारमाथि कुटपिट गरेका थिए । कुटपिटबाट चित्रकुमारको मृत्यु भएपछि जंगलमा लगेर स्याउला र झारपातले पुरी उनीहरु फरार भएको पाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी थापाले जानकारी दिए ।
फरारमध्येका विक्रमलाई २०७१ मङसिर १४ गते नै भोजपुरको दिङ्लाबाट पक्राउ गरी अनुसन्धानपश्चात् सुनसरी जिल्ला अदालतमा पेश गरिएको र पुस ८ गते पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
‘ ९ वर्षपछि पनि अपराधी समात्न सफल भइयो’, उनले भने , यस अभियानका माध्यमबाट ‘अपराध गरेर जतिदिन लुकिछिपी बसेपनि तोकिएको कैद वा जरिवाना भुक्तान नगरी छुट छैन वा अपराध गरेपछि सजाय भुक्तान नगरी बचेर बस्न सकिँदैन भनेर समाजमा सन्देश दिन र यही सन्देशका माध्यमबाट समाजमा अपराधको न्यूनीकरण पनि गर्नका लागि केही मात्रामा भनेपनि सचेतना फैलिने आशा गरिएको छ ।’ एसपी थापाले भने ।

प्रकाशित मिति: असार १३ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend