Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको हिविस्कस स्कुलका विद्यार्थी अन्तर्राष्ट्रिय कार्यक्रमका लागि छनौट

हाम्रो कोशी आवाज
असार १७ २०७९, शुक्रबार
धरानको हिविस्कस स्कुलका विद्यार्थी अन्तर्राष्ट्रिय कार्यक्रमका लागि छनौट

धरानः धरान–१५ स्थित हिविस्कस इङलिस बोर्डिङ स्कुलका कक्षा–९ मा अध्ययरनत आर्यन शाह अन्तर्राष्ट्रिय ‘स्कुल डेभलपमेन्ट काउन्सिल’ बाट स्टुडेन्ट एम्बासडरमा छनौट भएका छन् ।
यस्तै, कक्षा–९ की आयुषा श्रेष्ठ पब्लिक रिलेशन अफिसरमा नेपालको प्रतिनिधित्वका लागि छनौटमा परेकी छिन् । यी दुईजना विद्यार्थीमध्ये आर्यन भाइस क्याप्टेन र आयुषा स्कुल क्याप्टेन समेत हुन् । उनीहरुले अन्तर्राष्ट्रिय कन्फ्रेन्स साथै ३० वटा राष्ट्रभन्दा बढीको प्रतिनिधित्व भएका विद्यार्थीसँग विभिन्न कार्यक्रम गर्ने अवसर पाउने विद्यालयका प्रबन्ध निर्देशक गंगाराम राईले जानकारी दिए ।
यस्तै, उनीहरुले स्कुलका विषय, स्कुल बाहिरका विभिन्न अतिरिक्त क्रियाकलाप साथै सामाजिक काममा भाग लिने उनले जानकारी दिए । यो कार्यक्रमले विश्वलाई योगदान हुने र विद्यार्थीको योगदानकारुपमा काम गरेर देखाउने प्लेटफर्म भएको उनले बताए ।
सहायक प्रिन्सिपल विजयसिं थेबेका अनुसार विद्यार्थीले प्लेटफर्म पाएको र विश्वस्तरको सो कार्यक्रममा भाग लिने नेपालका विद्यार्थीका लागि ‘गाइडेन्स’ गर्ने, कार्यक्रम कसरी लैजाने आदिबारे पनि यी दुई विद्यार्थीले भूमिका खेल्ने बताए । ग्लोबल एजुकेशन र प्लेटफर्म दिने उद्देश्यले यस्तो कार्यक्रम आएको उनले जानकारी दिए ।
एपीजे प्रेसिडेन्ट कोरिना सुजेदा र उनको प्रतिनिधिले विभिन्न राष्ट्रका विद्यार्थीको प्रतिनिधि चुनेको उनले जानकारी दिए । यी दुई विद्यार्थीले अन्तर्राष्ट्रिय कन्फ्रेन्समा सहभागी भएका थिए । सहभागी भएकामध्ये उनीहरु उत्कृष्ट प्रस्तुतिका आधारमा छनौटमा परेको र यस्तो काम गर्ने अवसर जुरेको उनले जानकारी दिए । सहायक प्रिन्सिपल थेवे नेपालको तर्फबाट शिक्षकका रुपमा सो कन्फ्रेन्समा सहभागी भएका थिए ।

प्रकाशित मिति: असार १७ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend