Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको हिविस्कस स्कुलमा रोबर्ट बनाउने तालिम

हाम्रो कोशी आवाज
असार १७ २०७९, शुक्रबार
धरानको हिविस्कस स्कुलमा रोबर्ट बनाउने तालिम

धरानः धरानः धरान–१५ स्थित हिविस्कस इङलिस बोर्डिङ स्कुलमा तीनदिने रोवटिक्स तालिम सम्पन्न भएको छ ।
भविष्यमा यसको महत्वबारे जानकारी दिन यस्तो तालिम आयोजना भएको सहायक प्रिन्सिपल विजयसिं थेबेले जानकारी दिए । आइओइ रोवोटिक्स क्लब पूर्वाञ्चल क्याम्पसका इन्जिनियरहरुसँगको सहकार्यमा यस्तो कार्यक्रम आयोजना भएको उनले जानकारी दिए ।
पहिलोदिन ओरेन्टेसन कार्यक्रम भएको थियो । जसमा रोविटिक्स कसरी बनाउने, के के काम गर्छ, रोवर्टको महत्व आदिबारे जानकारी दिइएको थियो भने दोस्रो दिन रोवटका सामग्रीबारे जानकारी, रोबोटिक्स बनाउन शुरु गरिएको थियो । यस्तै, तेस्रो दिन ब्ल्युथुत मोडलमा चल्ने रोवर्ट, सकर (फुटबल खेल्ने) रोवर्ट निर्माण, सेन्सर रोवर्ट निर्माण आदि गरिएको थियो ।
कार्यक्रममा २१ औं शताब्दीको महत्व, रोवर्ट र मानिसबीचको भिन्नता आदिबारे अन्तक्र्रिया पनि भएको थियो । विद्यार्थीले पढेका कुरालाई व्यवहारमै सिक्न पाउँदा खुशी व्यक्त गरेको विद्यालयका प्रबन्ध निर्देशक गंगाराम राईले जानकारी दिए । आविष्कारबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए ।
यस्तै, कक्षा–८, ९, १० र ११ का विद्यार्थीलाई जीवनउपयोगी सीप कार्यक्रम पनि आयोजना भएको छ । द ब्याटल अफ प्रिजेन्टेसन नाम दिइएको कार्यक्रममा विद्यार्थीले रिसर्च गरिसकेपछि पावर पोइन्टमा प्रस्तुति पनि दिएका थिए । उनीहरुले निर्णायक र अडियन्सको अगाडि आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रममा समूहगतरुपमै उनीहरुलाई विजेता घोषित गरिएको सहायक प्रिन्सिपल विजयसिं थेबेले जानकारी दिए ।

प्रकाशित मिति: असार १७ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend