Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा मिलन नेवारले फूलबुट्टे सारी गाउँदा…

हाम्रो कोशी आवाज
असार १८ २०७९, शनिबार
धरानमा मिलन नेवारले फूलबुट्टे सारी गाउँदा…

धरानः फूलबुट्टे सारीलगायत अन्य गीत गाएर चर्चाको शिखरमा रहेकी गायिका मिलन नेवारले धराने दर्शकको मन जितेर फर्किएकी छिन् ।
धरान–१५ स्थित चुम्लुङ हिममा प्रदेश नम्बर १ स्तरीय वाइवाइ एसइई स्टेट–१ सिङ्गीङ आइडल सिजन–२ र डान्सिङ स्टार सिजन–१ को फाइनल प्रतिस्पर्धात्मक कार्यक्रममा आइपुगेकी उनले धराने दर्शकलाई खुब नचाइन् ।
नेपाली पाश्र्व गायनको शीर्ष स्थानमा रहेकी सुमधुर स्वरकी धनी उनले फूलबुट्टे सारी बोलको गीत गाउँदा अधिकांश दर्शक नाचेका थिए । उनले यसै गीतमा कार्यक्रमस्थलमा रहेका धरानस्थित सुनाखरी एकेडेमीका विद्यार्थीसँगै पुगेर पनि नाचेकी थिइन् । उनले ‘गाला रातै’ ‘बट स्लोली स्लोली’, चरिले काफल टिप्योजस्ता चर्चित गीतहरु पनि पस्किइन् ।

प्रकाशित मिति: असार १८ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend