Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मिस धरान २०२२ को अडिसन शुरु

हाम्रो कोशी आवाज
असार १९ २०७९, आइतबार
मिस धरान २०२२ को अडिसन शुरु

धरानः धरानमा बसोबास गर्ने किशोरी र युवतीहरुको प्रतिभा प्रष्फुटनको लागि आयोजना गरिएको ‘मिस धरान २०२२’ को पहिलो अडिसन धरानको फ्रेन्डस गार्डेन रेस्टुरेन्टमा सम्पन्न भएको छ ।
कम्तीमा एसइई उत्तीर्ण किशोरी तथा युवतीहरुबीच गरिने तालिम तथा प्रतिस्पर्धात्मक प्रतियोगितामा उच्च माध्यमिक तहदेखि स्नातक अध्ययनरत युवतीहरुको सहभागिता रहेको थियो । आवेदन निःशुल्क गरिएको शनिबारको पहिलो अडिसनमा १९ जनाको सहभागिता रहेको थियो । उनीहरुको बोल्ने शैली, आइक्युलगायतका सामान्य सवाल जवाफबाट अडिसनबाट छानिनेछन् ।
फेशन हब नेपाल तथा ब्ल्याक पिग इन्टरटेनमेन्टको आयोजनामा भएको सौन्दर्य प्रतियोगिता ‘मिस धरान २०२२’ को पहिलो अडिसनका निर्णायकहरु मिस पूर्वाञ्चल २०१६ तथा मिस ग्राण्ड नेपाल २०१७ को फस्ट रनर अप इक्सा मादेन, मिस तामाङ २०१९ प्रदेश १ कि बिजेता तथा कोरियोग्राफर प्रोजिता तामाङ, मिस टुरिज्म २०१७ चन्द्रिका मोते र ब्ल्याक पिग इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक हरिहाङ तिगेला रहेका थिए ।
बुधबार दोस्रो अडिसन गरेर तालिम शुरु गरिने आयोजकले जनाएको छ । अडिसनबाट छानिएका प्रतियोगीहरुलाई व्यक्तित्व विकास, फेशन, रयाम्प वर्क, सौन्दर्य, पर्यटन, इतिहास, क्याटवर्कलगायतका अन्य विभिन्न विषयहरुमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण दिइने छ । साउन दोस्रो साता हुने फिनाले बाट मिस धरान २०२२ बिजेता, फस्ट रनर अप, सेकेन्ड रनर अपसँगै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्युटीफुल स्माइल र मिस पर्सनालिटी, मिस व्यूटिफुल कम्लेक्सन लगायतका विभिन्न सब–टाइटलको उपाधि घोषणा गरिनेछ ।

 

 

प्रकाशित मिति: असार १९ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend