Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा सुनसरी उवासंघको निर्वाचनका झलकहरु

हाम्रो कोशी आवाज
असार २० २०७९, सोमबार
धरानमा सुनसरी उवासंघको निर्वाचनका झलकहरु

धरानः उद्योगी, व्यवसायीहरुको हकहित र व्यवसायिक सुरक्षाको दायित्व बोकेको सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन धमाधम भइरहेको छ ।
नयाँ नेतृत्वको लागि निर्वाचन भएको हो । उद्योगी, व्यवसायीको हकहितको लागि लडेको भन्दै निर्वाचनमा उद्योगी, व्यवसायी लागेपनि राजनीतिक पार्टीहरुसमेत पक्ष–विपक्षमा लागेका छन् । यसपटक फरक परिणाम आउने अपेक्षा गरेको व्यवसायीले बताएका छन् ।
अध्यक्षका पदका लागि हालका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठ, निवर्तमान उपाध्यक्ष विजय श्रेष्ठ र स्वतन्त्रबाट पूर्व अध्यक्ष पवन अग्रवालले उम्मेदवारी दिएको निर्वाचन अधिकृत डा. राजेन्द्र शर्माले जानकारी दिए ।
निर्वाचनको लागि २९७७ जनाले मतदान गर्ने भएका छन् । जसमा वाणिज्य तर्फ सबैभन्दा बढी १८५८, उद्योग तर्फ १००३, वस्तुगत १८ र एसोसिएट तर्फ ९८ मतदाता रहेका छन् । तस्वीरहरुः लक्ष्मण थापा, विनय प्रधान

प्रकाशित मिति: असार २० २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend