Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा एसइई सिङगिङ आइडलमा जित्ने छात्रछात्रालाई सुनाखरी एकेडेमीद्वारा सम्मान

हाम्रो कोशी आवाज
असार २० २०७९, सोमबार
धरानमा एसइई सिङगिङ आइडलमा जित्ने छात्रछात्रालाई सुनाखरी एकेडेमीद्वारा सम्मान

धरानः धरान–१२ स्थित सुनाखरी एकेडेमीले ‘एसइई स्टेट–१ डान्सिङ आइडल र सिङ्गीङ आइडल सिजन–२’ मा जित्ने छात्रछात्रालाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा प्रतियोगिताको डान्सिङतर्फ सेकेण्ड रनरअपको उपाधि जित्न सफल प्रकृति खापुङ रहेकी छिन् । यस्तै, सिङ्गीङतर्फ वेष्ट परफमरको उपाधि जित्न सफल ओङदी तामाङलाई पनि सम्मान गरिएको प्रिन्सिपल मिलनकुमार राईले जानकारी दिए । प्रकृतिले १५ हजार रुपैयाँ नगद र प्लस टु पढ्न ५० छात्रवृत्ति प्राप्त गरेकी छिन् ।
सोमबार स्कुल प्राङ्गणमा विद्यार्थीहरुका बीच उनीहरुलाई सम्मान गरेको हो । स्कुलका प्रिन्सिपल मिलनकुमार राई, डाइरेक्टर प्रदीपकुमार राईलगायतले उनीहरुलाई अविर र खदाले सम्मान गरेका थिए । विद्यार्थीहरुको उपस्थितिमा उनीहरुलाई सम्मान र हौसला प्रदान गरिएको प्रिन्सिपल राईले जानकारी दिए । प्रिन्सिपल राईले छात्रछात्राले उपाधि जितेर स्कुलको गौरव बढाएको बताए ।
उनका अनुसार विद्यार्थीले स्कुलका हरेकजसो अतिरिक्त क्रियाकलापमा जित्दै स्कुलको नाम, इज्जत बढाउँदै आएको बताए ।

प्रकाशित मिति: असार २० २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend