Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान मेघा कलेजद्वारा टिसर्ट प्रदान

हाम्रो कोशी आवाज
असार २१ २०७९, मंगलबार
धरान मेघा कलेजद्वारा टिसर्ट प्रदान

धरानः धरान बास्केटबल संघ आयोजना तथा सुनसरी बास्केटबल संघ प्राविधिक सहयोगमा सम्पन्न भइरहेको ट्यालेण्ट हण्टका प्रशिक्षकहरुका लागि धरान मेघा कलेजले टिसर्ट सहयोग प्रदान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बूले सोमबारको दिन प्रशिक्षण क्याम्पका मुख्य प्रशिक्षक विकास चाम्लिङ राई र उनका सहयोगी प्रशिक्षक हेमन्त राई, युगल लिम्बू, डा.आशा राई र दिवस राईलाई संयुक्तरुपमा टिसर्ट प्रदान गरेका थिए ।
धरान–१२ स्थित चतरालाइनमा रहेको कलेजको बास्केटबल कोर्टमा असार ५ गतेदेखि एसइई परीक्षा दिएर बसेका विद्यार्थीहरुलाइ लक्षित गरी बास्केटबल ट्यालेन्ट हन्ट कार्यक्रम सम्पन्न भइरहेको छ ।
बास्केटबल खेल विकास, खेलाडी उत्पादन तथा प्रोत्साहन गर्ने उद्देश्यले संघले करिब एक दशकदेखि ट्यालेण्ट हण्ट कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । ट्यालेन्ट हन्टमा सहभागी प्रतिभावान खेलाडीहरुलाइ बास्केटबल संघले धरानको विभिन्न कलेजहरुमा सिफारिस गरी छात्रावृत्तिमा अध्ययन गराउँदै आइरहेको कार्यक्रमका सभाध्यक्ष सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीले बताए ।
हालसम्म संघले ट्यालेन्ट हन्टकार्यक्रममार्फत् धरानको विभिन्न स्कुल कलेज, प्लस टु र व्याचलर लेवलमा सय भन्दा बढी महिला तथा पुरुष बास्केटबल खेलाडीहरु छात्रावृत्तिमा अध्ययन गरिरहेक छन् । सातौं ट्यालेन्ट हन्टका प्रतिभावान विद्यार्थीहारुलाइ पनि धरानको धरान मेघा कलेज, एम्स एकेडेमी, सियोन स्कुल, डिपो स्कुल र सगरमाथा एसडी कलेजमा छात्रवृत्तिका लागि सिफारिस गरिने अध्यक्ष सुवेदीले बताए ।
बास्केटबल खेल धरानको पहिचान बनिसकेको बताउँदै यसलाई थप स्थापित र व्यवसायिक बनाउन धरान मेघा कलेजले बास्केटबल संघसँग सहकार्य गरी अघि बढेको कलेजका अध्यक्ष कैलाश लिम्बूले बताए । ट्रेनिङ क्याम्पमा ६ कक्षादेखि ब्याचलर लेवलका महिला पुरुष गरी ५० जना खेलाडी विद्यार्थीहरुले सहभागिता जनएका छन् ।

प्रकाशित मिति: असार २१ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend