Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानकी महिला मानव बेचविखन मुद्दामा समातिइन्

हाम्रो कोशी आवाज
असार २१ २०७९, मंगलबार
धरानकी महिला मानव बेचविखन मुद्दामा समातिइन्

धरानः धरान–१६ की एक महिला मानव बेचविखन तथा ओसार पसार मुद्दामा पक्राउ परेकी छिन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय मोरङको अनुसन्धान समूह आरआइटीबाट खटिएको प्रहरी टोलीले धरान–१६ की ४६ वर्षीया सरिता भन्ने कृष्णकुमारी लिम्बूलाई पक्राउ गरेको हो ।
जिल्ला अदालत सुनसरीको गत २०७८ जेठ २२ गतेको फैसलाले मानव बेचबिखन ओसारपसार मुद्दामा १० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको तर सजाय भुक्तान नगरी फरार रहेको प्रहरीले जनाएको छ । उनलाई खोजतलास गर्ने क्रममा लुकिछिपी बसेको अवस्थामा मंगलबार पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेकी लिम्बूलाई सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागि कारागार चलान गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असार २१ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend