Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा एसइई स्पिकर, १० जना फाइनलमा छनौट

हाम्रो कोशी आवाज
असार २१ २०७९, मंगलबार
धरानमा एसइई स्पिकर, १० जना फाइनलमा छनौट

धरानः रयाडिकल लाइट नेपाल प्रालिद्वारा आयोजित एसइई स्पिकर–२०७९, सिजन–२ को दोश्रो चरणको प्रतियोगिता मङ्गलबार सम्पन्न भएको छ ।
धरान–१३ को वडा कार्यालय परिसरमा रहेको ज्येष्ठ नागरिक तथा बालबालिका हलमा भएको दोश्रो चरणमा सहभागी १६ जनामध्ये उत्कृष्ट १० जना फाइनलमा प्रवेश गरेका छन् । फाइनलमा प्रवेश गर्नेहरुमा हिबिस्कस इङ्लीस बोर्डिङ धरानकी सिसम गुरुङ र विष्णु मेमोरियल बोर्डिङ धरानकी प्रतिष्ठा श्रेष्ठ, आदर्श मावि चतराकी प्रज्ञा न्यौपाने, हिमालयन बोर्डिङ चतराकी एङ्लीसा थापा, कोशी बोर्डिङ धरानका आवेग श्रेष्ठ, कोशी बोर्डिङ धरानकी एशिका कार्की, हिमालयन बोर्डिङ चतराकी रविना तामाङ रहेका छन् ।
त्यस्तै, अन्य फाइनलमा प्रवेश गर्नेहरुमा जन सहयोग मावि तरहराकी एल्जिना खाती, भरोल बाल मन्दिर सेकेण्डरी स्कुलका दिमन गिरी, शिक्षा सन्देश बोर्डिङ पानमाराका रज्नीस न्यौपाने रहेका छन् ।
प्रतियोगीहरुले दुईवटा शीर्षक ‘लागूऔषध दुव्यसन न्यूनीकरणमा विद्यार्थीको भूमिका’ र ‘सामाजिक सञ्जालको दुरुपयोगले विद्यार्थीमा पारेको असर’ मध्ये कुनै एउटामा बोलेका थिए । प्रतियोगीताका निर्णायकहरुमा महेन्द्र बहुमुखी क्याम्पसका उप–प्राध्यापक राजेश विद्रोही र युएन कलेजका अध्यापक विजय अछामी रहेका थिए ।
एसइई दिएर बसेका विद्यार्थीलाई खाली समयको सदुपयोग गर्दै व्यक्तित्व र नेतृत्व क्षमताको विकास गर्ने उद्देस्यले प्रतियोगिताको आयोजना गरिएको प्रालिका अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए । प्रतियोगीतामा पहिलो, दोश्रो, तेश्रो र सान्त्वना हुनेहरुलाई क्रमशः २० हजार, १५हजार, १० हजार र ५ हजार नगदसहित प्लस टु अध्ययनका लागि शत प्रतिशत र ५० प्रतिशत छात्रवृत्ति प्रदान गरिने कार्कीले जानकारी दिए ।
कार्यक्रममा धरान उपमहानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष नेत्र काफ्ले र १४ का वडा अध्यक्ष कृष्ण भट्टराईको उपस्थिति रहेको थियो । फाइनल आगामी असार २७ गते सोमबार हुने आयोजकले जनाएको छ । कार्यक्रमको सञ्चालन कोरियोग्राफर तथा मोडल मेरिना तुम्साले गरेकी थिइन् ।

प्रकाशित मिति: असार २१ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend