धरानः एसइई स्पिकरका उत्कृष्ट १० लाई युवा नेतृत्व विकास अभिमुखीकरण गरिएको छ ।
रयाडिकल लाइट नेपाल प्रालिद्वारा धरानमा आयोजित एसइई स्पिकरका उत्कृष्ट १० जना सहभागीलाई बुधबार नेतृत्व विकाससम्बन्धी अभिमुखिकरण गरिएको हो ।
युनिभर्सल पिस फेडरेसनका १ नम्बर प्रदेशका संयोजक एवम् समाजसेवी रामबहादुर लिम्बूले विद्यार्थीहरुलाई नेतृत्व विकाससम्बन्धी सहजीकरण गरे । असल शिक्षाबाट निर्देशित भएर काम गर्न लिम्बूले विद्यार्थीहरुलाई सुझाएका थिए ।
देशमा विद्यमान बढ्दो विकृति र बिसङ्गति ब्यक्तिगत स्वार्थका कारणले भइरहेकोले ब्यक्तिगत स्वार्थ त्यागेर सामूहिक हितको लागि असल सोंच र दृष्टिकोण राखेर अघि बढ्न विद्यार्थीहरुलाई प्रेरित गरेको सहजकर्ता लिम्बूले जानकारी दिए ।
मङ्गलबार भएको दोश्रो चरणको प्रतियोगिताबाट उत्कृष्ट १० जना फाइनलमा प्रवेश गरेका थिए । विद्यार्थीहरुको सवाङ्गीण विकासका लागि विभिन्न विषय सम्बन्धी अभिमुखीकरण गरिएको प्रालिका अध्यक्ष तिर्थ कार्कीले जानकारी दिए । फाइनल प्रतियोगिता असार–२७ गते सोमबार हुने आयोजकले जनाएको छ ।
