धरानः धरानमा स्कुटी दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् भने दुईजना सामान्य घाइते भएका छन् ।
धरान १ रेडक्रस भवन पछाडि पक्की भित्री सडक खण्डमा उतरबाट दक्षिणतर्फ आउँदै गरेको को१८प ५९४७ नम्बरको स्कुटी अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर खाइ दुर्घटना हुँदा तीनजना घाइते बनेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालक धरान १६ बस्ने वर्ष १६ को सुवन राई टाउकोमा चोट लागेको र गम्भिर अवस्थामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको चिकित्सकले जानकारी दिएका छन् ।
पछाडी सवार धरान १३ बस्ने वर्ष १४ को साइदिपबिक्रम सिंह टाउकोमा चोट लागेको, पछाडि नै सवार धरान–१४ बस्ने वर्ष १५ को इमान राई हातमा चोट लागेको छ । उनीहरु दुवैजनाको विजयपुर अस्पतालमा उपचारपछि घर फर्किएका छन् । ओरालो बाटोमा ब्रेक नलागेको कारण दुर्घटना भएको जिल्ला ट्रापिक प्रहरी कार्यालय धरानले जनाएको छ ।