Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

स्कटल्याण्डको सरकारी सम्बन्धन: प्राइम भिजन धरानमा एकमात्र एडिएचएम कलेज

हाम्रो कोशी आवाज
असार २३ २०७९, बिहिबार
स्कटल्याण्डको सरकारी सम्बन्धन: प्राइम भिजन धरानमा एकमात्र एडिएचएम कलेज

धरान: एलसीसी ग्लोबल क्वालिफिकेसन र स्कटिश क्वालिफिकेशन अथरिटीका प्रतिनिधिहरुले धरानस्थित प्राइमभिजन कलेज भ्रमण गरेका छन् ।
भ्रमणका क्रममा प्रतिनिधिले एलसीसी ग्लोबल क्वालिफिकेशन र स्कटिश क्वालिफिकेशनका बारेमा जानकारी गराएका छन् । उपस्थित सञ्चारकर्मीहरुलाई एलसीसी ग्लोबल क्वालिफिकेसनका प्रतिनिधि डा. रोशन राठीले विषयका बारे जानकारी गराए । उनले नेपाली मौलिक डिग्रीलाई अन्तर्राष्ट्रिय सम्बन्धनका साथ दक्षिण एसिया र विश्वमा पाठ्यक्रमका रुपमा विकास गरेको बताए ।
स्कटिश क्वालिफिकेशन अथरिटीकी प्रतिनिधि मार्गरेटले स्कटल्याण्ड सरकारको आधिकारिक सम्बन्धन प्राप्त डिग्री भएको बताइन् । उनले यो विषय कुनै प्राइभेट विषय नभएको जानकारी गराइन । ‘नेपाली युवा विद्यार्थीहरु वैदेशिक रोजगारीसँगै कमाइ गरेर घर पठाउने गरेको मैले प्रत्यक्ष देखेको छु, उनीहरुलाई यो डिग्री नेपालमै र विदेशमा समेत सीप विकास र अर्थोपार्जनका लागि उपयोग हुने विश्वास गर्न सकिन्छ ।’
धरानमा एडभान्स डिप्लोमा इन होटल म्यानेजमेन्ट (एडीएचएम) अध्यापन गराउने एकमात्र शैक्षिक संस्था प्राइम भिजन इन्टरनेश्नल हस्पिटालिटी म्यानेजमेन्ट कलेज हो । कलेजले स्कटिश क्वलिफिकेसन अथरीटी (एसक्युए) द्वारा स्वीकृत तथा यूरोपीयन क्वालिफिकेशन फ्रेमवर्कमा मुल्यांकन र उद्योग–सम्बन्धित शिक्षा प्रदान गर्ने उद्देश्यका साथ सम्बन्धन प्राप्त गरेको छ ।
‘हाम्रा विद्यार्थी, अभिभावक, शुभचिन्तक र आम सञ्चारजगतलाई अवगत भएकै विषय हो, हामी प्राज्ञिक ज्ञान हाँसिल गरेका युवा शिक्षासेवीहरुको अथक प्रयत्न, प्रयास र शैक्षिक प्रगति साथै परिवर्तनको महत्वाकांक्षाका साथ आज यो शैक्षिक संस्था सञ्चालनको अवसर र चुनौतीपूर्ण अवस्थामा छौं,’ कलेजका सिईओ अभिशेक श्रेष्ठले भने, ‘शिक्षण सिकाइ क्रियाकलाप र सहकार्यकलापलाई कसरी सामञ्जस्यपूर्ण तरिकाले अगाडि बढाउन सकिन्छ ? कसरी विद्यार्थीलाई सिर्जनात्मक, सहयोगी र उत्तरदायी बनाउन सकिन्छ ? विश्वस्तरीय शिक्षा आर्जन गर्ने विद्यार्थीको भावना र अभिभावकको चाहनालाई कसरी मूर्तरुप दिन सकिन्छ भन्ने हेतुले हामीले शैक्षिक गतिविधि गरिरहेका छौं ।’
प्राइम भिजन सन् २०१८ मा अन्तर्राष्ट्रिय स्तरको शैक्षिक मान्यता प्राप्त गर्ने मिशनका साथ स्थापना भएको संस्था हो । होटल म्यानेजमेन्टसँगै कक्षा १२ लाई जोडेर प्राइम भिजनले शिक्षा प्रदान गरिरहेको छ । कलेजका निर्देशक अनिल श्रेष्ठले एडभान्स डिप्लोमा इन होटल म्यानेजमेन्ट एकेडेमिक डिग्री हो भन्ने कुरा बुझाउन चाहिरहेको बताए ।
स्कटिश क्वलिफिकेसन अथरीटी (एसक्युए) द्वारा स्वीकृत तथा यूरोपीयन क्वालिफिकेशनलाई नेपालको शिक्षा प्रणालीमा जोड्ने र शिक्षालाई दक्षतासँग जोड्दै सबैमा पहुँचयोग्य र लाभदायक बनाउने प्रयास गरिरहेका छौं, निर्देशक श्रेष्ठले भने, ‘हाम्रो लक्ष्य विद्यार्थीले उच्च गुणस्तरीय शिक्षा प्राप्त गरुन्, जीवनमा सिकाइ परिवर्तनको लक्ष्य भेटुन् भन्ने हो । र, हामी थप विद्यार्थीहरूमा पुग्ने प्रयत्नमा पनि छौं ।’
वास्तविक आवश्यकता र समाजलाई समृद्ध बनाउन प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजले आधुनिक शिक्षा प्रणाली एवम् प्रविधिमैत्री शिक्षा प्रयोग गर्न सफल भएको श्रेष्ठको भनाइ छ । ‘हाम्रो उद्देश्य केवल सिकाइ प्रदान गर्नु होइन तर विद्यार्थीहरूले उनीहरूको दैनिक जीवनमा प्रयोग गर्न सक्छन् भन्ने सुनिश्चित गर्नु पनि हो ।’ निर्देशक श्रेष्ठले भने ।
शैक्षणिक क्रियाकलापमा व्यक्तिगत र सामूहिक रूपमा उनीहरूको शैक्षिक अनुभवहरूको गुणस्तर, परियोजना कार्यहरूको दायरा, कक्षाकोठा छलफल, प्रस्तुतीकरण र विभिन्न नमूना र मूल्याङ्कन, पाठ्यक्रम र अतिरिक्त क्रियाकलापका बारे अभ्यास गर्ने गरेको कलेजका कोर्डिनेटर संगीत सिग्देलले बताए ।
‘हामी विद्यार्थीहरुलाई भन्छौं, यदि तपाईंसँग ठूला सपनाहरू छन् भने, यसलाई उच्च रूपमा आफ्नो करियरमा अभिवृद्धि गर्न चाहनुहुन्छ भने प्रतिस्पर्धी विश्वमा पुग्ने तपाईंका अपेक्षाहरु छन् भने प्राइम भिजनले तपाईंलाई त्यस्तो शैक्षिक वातावरण प्रदान गर्दछ । जुन जीवनमा आफ्नो लक्ष्य हासिल गर्न सक्षम हुने छ ।’ कोर्डिनेटर सिग्देलले भने, ‘यही आत्मविश्वासका साथ हामीले प्रस्तुत गरिरहेको एउटा विशिष्ट शैक्षिक कार्यक्रम एलसीसी ग्लोबल क्वालिफिकेसन र स्कटिश क्वालिफिकेशन अथरिटी हो ।’
सीप विकासको क्षेत्रमा अग्रणी संगठनहरु मध्ये व्यवस्थापन सीप प्रशिक्षणमा एलसीसीआई ग्लोबल क्वालिफिकेसनले नेपाल र विदेशका हजारौं विद्यार्थीहरूलाई विभिन्न साधारण सीप, व्यवस्थापन र आतिथ्य योग्यताहरूमा तालिम र प्रमाणीकरण गरेको प्रतिनिधि डा. रोशन राठीले बताए । स्कटिश क्वलिफिकेसन अथरीटीका ग्लोबल हबहरूमा बेलायत, बेइजिङ, दुबई, क्वालालम्पुर र नयाँ दिल्लीमा रहेका छन् । नेपालमा एलसीसीआईजीक्युले सम्बन्धन लिएको छ ।

प्रकाशित मिति: असार २३ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend