Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चर्चामा धरानको पकुवा खोला

हाम्रो कोशी आवाज
असार २५ २०७९, शनिबार
चर्चामा धरानको पकुवा खोला

धरानः धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले आफू प्रत्येक शनिबार पनि जनताकै काममा खटिरहने उद्घोष गरेका थिए । उनी त्यही प्रतिबद्धता अनुसार खटिपनि रहेका छन् । पकुवा खोलाबाट पानी ल्याउन उनी जनतासँगै श्रमदान गरिरहेका हुन्छन् । अहिले पानी ल्याउने काम अन्तिम चरणमा छ । अहिले सामाजिक सञ्जाल, मिडिया जताततै पकुवा खोलाकै चर्चा छ ।
दुई हप्तापनि पकुवा खोलामै बिताएका उनले यो शनिबार पनि पकुवा खोलाबाट पानी ल्याउनै लागिपरिरहे । उनले शनिबार सयौं जनताको उपस्थितिमा पाइप तान्न सघाए । भीर–पहरा नभनी उनी जनतासँगै खटिरहे । पाइप तानेर फर्किँदा मेयर साम्पाङ भीरबाट चिप्लिएपनि । भीर–पहरा नभनी धराने जनता, युवापुस्ताले बढीजसो साथ दिइरहेको पाइन्छ (हे. भिडियो) ।
भीरमा चढ्न सक्ने मात्रै जानुपर्छ है भन्दै उनी पाइप तान्न एउटा पहरामा पुगे । त्यहाँबाट फर्किने क्रममा उनी चिप्लिएका हुन् । लडौंला जस्तो भएर चिप्लिएपछि उनले रुखको बुटो समातेका थिए । (हे.भिडियो)
अहिले पकुवा खोलामा पानी ट्याङकी निर्माणपछि पाइप बिछ्याउने काम अन्तिम चरणमा छ । धरान–११ को ट्याङकीमा पानी खसाउन अब केहीदिन मात्रै लाग्नेछ । सर्दुखोलामा पाइप तार्नका लागि त्यहाँ समेत काम भइरहेको छ । राम्रो कामका लागि जनताले समेत साथ दिने सन्देश मेयर साम्पाङ र धराने जनताले छरेको धरान–१७ का नारायण प्रधानले बताए ।
मेयर साम्पाङले मलाई कुल्ली भन्दा मन दुखाउ नभएको बताएका छन् । ‘मलाई त कुल्ली भन्छन् होइन, मजदुर भन्छन्, किसान भन्छन्, वास्तवमा म कुल्ली मजदुर र किसान नै हुँ’, उनले भने, ‘तर मलाई मन दुखाउ पनि छैन, म यसैमा रमाउँछु ।’
हेटौडाबाट पनि युवा आइपुगे
हेटौंडाबाट समेत केही युवा मेयर साम्पाङको काम हेर्नकै लागि भएपनि आइपुगेका छन् । ‘विशेषतः यहाँको विकास र जनश्रमदान नियाल्न नै यहाँ आइपुगेका हौं’, सुवास लामाले भने, ‘जे होस् यहाँका जनता र मेयर साम्पाङको कार्यशैली मन परयो, वास्तवमा मेयर साम्पाङबारे सुनेको मात्रै होइन वास्तवमै उहाँ त भुइँमान्छे नै हुनुहुँदोरहेछ ।’
शुक्रबार त्यहाँबाट हिँडेको बताउने उनीहरुले शनिबार विदा परेको र आइतबार समेत सार्वजनिक विदा परेकोले यहाँ हेर्नकै लागि आइपुगेको उनले बताए । जसरी पनि भेट्नैपर्छ भन्ने हिसाबले आफूहरु यहाँ आइपुगेको अर्का युवा देवेन्द्र कुँडालले बताए । आफूहरुले स्कुल चलाउने गरेको र त्यहाँ पुगेपछि विद्यार्थीलाई पनि केही उत्प्रेरणा प्रदान गर्ने अवसर जुरेको र त्यही खालको कार्यक्रम लिएर फर्किन पाएको उनले बताए । तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: असार २५ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend