Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

‘२० वटा मुद्दा लागोस् तर धराने जनतालाई पानी खुवाउँछु’

हाम्रो कोशी आवाज
असार २५ २०७९, शनिबार
‘२० वटा मुद्दा लागोस् तर धराने जनतालाई पानी खुवाउँछु’

धरानः धरानका मेयर हर्कराज राई (साम्पाङ)ले धराने जनतालाई जसरी पनि पानी खुवाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शनिबार पकुवा खोलाबाट पानी ल्याउन पाइप तान्दै जनश्रमदान गरिसकेपछि पत्रकारहरुसँगको कुराकानीमा उनले सो कुरा बताएका हुन् । उनले आफूलाई जतिसुकै मुद्दा लागेपछि जसरी पनि पानी खुवाएरै छाड्ने बताए । उनले धराने जनतालाई पानी खुवाउनका लागि मरिहत्ते गरिरहेको समेत बताए । ‘धराने जनतालाई पानी खुवाउनका लागि त मैले भनेको छु, मलाई २० वटा मुद्दा लागोस्, धाउँछु म, २० वटा मुद्दा है, हेडलाइन बनाउने हो कि (हाँसो) ।’
उनले सर्दु, खदुलगायतका मुहानबाट थप पानी संकलन गर्दै लैजाने पनि बताए । उनले बीपी पार्कदेखि माथि ठूलो पोखरी बनाउने र जनतालाई पानी खुवाएरै छाड्ने उनले प्रतिबद्धता जनाए । ‘तपाईहरुलाई भनौं बीपी पार्कदेखि माथि एउटा ठूलो पोखरी बनाउँछौं’, उनले थपे, ‘मङसिर महिनाको पानी त्यहाँ स्टोर गर्छौं अनि फागुनदेखि त्यो पानी चलाउँछौं ।’

प्रकाशित मिति: असार २५ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend