Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा बगरैभरी, भीर-पाखाभरी जनता

हाम्रो कोशी आवाज
असार २६ २०७९, आइतबार
धरानमा बगरैभरी, भीर-पाखाभरी जनता

धरानः धरान–११ मा पानी ल्याउन सयौं जनताले श्रमदान गरेका छन् ।
धरान २० मा रहेको पकुवा खोलाबाट पानी ल्याउने भनेर मेयर हर्कराज राई साम्पाङले आह्वान गरेसँगै श्रमदानबाटै काम भएको हो । सार्वजनिक बिदाको दिन पकुवा खोलामा पुगिहाल्ने मेयर साम्पाङसँगै सयौं धराने त्यहाँ पुग्ने गरेका छन् । पकुवामा इन्टेक निर्माणमा होस् वा पाइप तान्न सयौं धराने त्यहाँ पुग्ने गरेका छन् । पकुवामा इन्टेक निर्माणका लागि खोलाको बगरैभरी नै धरानबासी थिए भने पाइप तान्न भीरपाखाभरी नै धरानबासी पुगेका छन् ।
नगर प्रमुख साम्पाङ पनि धराने जनतासँगै प्रत्येक शनिबार श्रमदानका लागि पुग्ने गरेका छन् । यो अभियानले धरान–११ मा देखिने पानी अभाव टार्न सहयोग हुने मेयर साम्पाङको विश्वास छ । अहिले करिब डेढ किलोमिटरसम्म पाइप तान्न जनता खटिरहेका छन् ।
त्यहाँ पानी आइपुगेपछि मासिक ३० लाखसम्म बिजुलीको बिल बचत हुने मेयर साम्पाङको भनाइ छ । ‘वार्षिक खर्च करोडौं हुने गरेको छ, पकुवाबाट पानी तान्दा त्यही खर्चलाई घट्छ भन्ने हो ।’ अहिले पनि त्यहाँका जनताले ६ महिनामा १ करोड ५३ लाखको बिल तिर्नुपरिरहेको उनको भनाइ छ । ‘बिजुलीको बिलमात्रै मासिक ३० लाखसम्म तिर्नुपरेको देखिएको छ’, मेयर साम्पाङ भन्छन्, ‘यही रकम जोगाउनका लागि पनि यो उपाय अपनाएका हौं ।’
शनिबार मेयर साम्पाङले सर्दुखोलामा गिटी कुटेका छन् । गिटी कुट्दै उनले फेरि गाली खानुपर्ने हो कि भन्दै आशंका व्यक्त गरेका छन् । ‘अब गिटी कुट्न थालें, अब गिटी कुट्न पठाएको हो भन्दै गाली आउँछ, विपक्षीले खिसिटयुरी गर्न थाल्छन् ।’ उनले भने ।

प्रकाशित मिति: असार २६ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend