धरानः धरान उपमहानगरपालिकाले भानुचोकको सार्वजनिक शौचालयमा पिसाब फेरेको पैसा नलिने नलाग्ने भएको छ ।
गत २१ गतेको बैठकले नै सो निर्णय गरिसकेको हुनाले अब त्यहाँ पिसाब फेरेको पैसा नलाग्ने मेयर हर्कराज राई (साम्पाङ) ले धरान उपमहानगरपालिकाबाट उपलब्ध गराइएको सेवा विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा सो कुराको जानकारी दिएका हुन् ।
उनले असोजसम्म ठेक्का कायमै रहेको र असोजदेखि ठेक्का प्रक्रिया सकिने हुनाले सो महिनापछि सो ठाउँमा पिसाब फेरेको पैसा नलिने बताए । उनले दिशा गरेको रकम लिने वा नलिने बारे छलफल गरिने समेत बताए ।