Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका उपमेयर बेघाले असहायलाई खाना खुवाउँदै मनाए जन्मदिन

हाम्रो कोशी आवाज
असार २७ २०७९, सोमबार
धरानका उपमेयर बेघाले असहायलाई खाना खुवाउँदै मनाए जन्मदिन

धरानः धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले असक्त र बालबालिकाहरुलाई खाना खुवाएर सोमबार जन्मदिन मनाएका छन् ।
धरान छाताचोकस्थित पुनःस्थापना केन्द्रमा रहेका २६ जना असक्त र बालबालिकाहरुसँगै खाना खाएर उपप्रमुख बेघाले आफ्नो जन्मदिन मनाएका हुन् । जन्म दिनमा गरिने फजुल खर्चलाई कटौती गरेर यसरी असहायहरुलाई खाना खुवाएर जन्मदिन मनाउनु रचनात्मक र सह्रानीय कार्य भएको केन्द्रका सञ्चालक भीम राईले जानकारी दिए । राईले उप–प्रमुख बेघालाई जन्मदिनको शुभ–कामना समेत ब्यक्त गरे ।
त्यस्तै, धरान–३ स्थित सरस्वती बाल आश्रममा रहेका बालबालिकाहरुलाई समेत जन्मदिनको अवसरमा खाना खुवाइएको थियो । जन्मदिनमा अनावश्यक खर्च गरेर मनाउनुभन्दा अनाथ बालबालिकाहरुसँग मनाउँदा छुट्टै आन्नद आएको उपप्रमुख बेघाले बताए ।
यसअघिका वर्षहरुमा उपप्रमुख नहुँदा पनि बेघाले अनाथ बालबालिकाहरुलाई खाना खुवाएर जन्मदिन मनाउँदै आएका थिए । उपप्रमुख बेघासँगै पत्नी सविना खनाल बेघा पनि अनाथ आश्रम पुगेकी थिइन् । यसअघि पनि वर्षेनी उनले यिनै ठाउँमा आफ्नो जन्मदिन मनाउँदै आएका थिए ।

प्रकाशित मिति: असार २७ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend