Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

रवि लामिछानेले हर्क साम्पाङलाई कार्यालयमै पुगेर भेटे

हाम्रो कोशी आवाज
असार ३१ २०७९, शुक्रबार
रवि लामिछानेले हर्क साम्पाङलाई कार्यालयमै पुगेर भेटे

धरानः सञ्चारकर्म छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गराएपछि रवि लामिछाने यतिबेला देश दौडाहामा लागेका छन् । झापामा कार्यक्रम सकेर उनी शुक्रबार धरान आएका हुन् ।
धरानको लागि कार्यक्रमको ‘सेडयुल’ नै बनाएर आइपुगेका उनले धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङसँग भेट समेत गरेका हुन् । लामिछाने साम्पाङलाई शुभकामना दिन उपमहानगरपालिका पुगेको उनको सचिवालयले जनाएको छ ।
‘तपाइँलाई भेटेरै शुभकामना दिन आएको हो । खासमा मलाई श्रमदानमा पनि सहभागी हुने मन थियो । तर सकिएछ । जनताको एकदम अपेक्षा छ तपाईसित, राम्रो गर्नुहोला । सहकार्य जारी रहनेछ,’ भेटका क्रममा लामिछानेले साम्पाङलाई भने ।
उनीहरुबीच उपमहानगर प्रमुखको कार्यालयमा शुक्रबार बिहान भेट भएको हो । साम्पाङ र लामिछानेबीच भेट भएको स्वतन्त्र पार्टीका नेता दीपक बोहराले जानकारी दिए । उनले दुवै नेताको तस्बिर सामाजिक सञ्जालमा राखेका छन् ।
लामिछाने चुनाव चिह्न घण्टी बोकेर अहिले पार्टी निर्माण अभियानमा छन् । झापाको काकडभिट्टापछि अभियान लिएर रवि धरान आइपुगेका हुन् । गएको स्थानीय तहको निर्वाचनमा हर्कले धरान उपमहानगरपालिकामा स्वतन्त्रबाट ठूला दललाई पराजित गर्दै निर्वाचित भएका थिए । लामिछानेले पनि केही समयअघि पार्टी घोषणा गरेका थिए । उनी आउँदो निर्वाचनमा काठमाडौंबाट लड्ने तयारी गरेका छन् ।

प्रकाशित मिति: असार ३१ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend