Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धराननजिक गुडिरहेको कारमा आगलागी

हाम्रो कोशी आवाज
असार ३१ २०७९, शुक्रबार
धराननजिक गुडिरहेको कारमा आगलागी

धरानः धरानको नजिक भेडेटार जाने बाटोमा गुडिरहेको एउटा कारमा आगलागी भएको छ ।
भेडेटारमुनि कोशी राजमार्र्गमा गुडिरहेको भारतीय नम्बर प्लेटको कारमा शुक्रबार दिउँसो आगलागी भएको हो ।
आगलागीमा कार जलेर नष्ट भएको छ । आँपगाछीभन्दा करिब सय मिटर माथि भारतीय नम्बर प्लेट बिआर११ यु ४०४७ नम्बरको कारमा आगलागी भएको जिल्ला ट्राफिक कार्यालय सुनसरीले जनाएको छ ।
भारतको बिहारबाट घुम्न भएका पर्यटकको कार जलेर नष्ट भएको प्रहरीले जनाएको छ । विहार राज्यस्थित जोगवनीका ३५ वर्षीय राजीव सिंहले चलाएको कारमा सवार ५ जना पर्यटक रहेका थिए । उनीहरु सकुशल रहेको प्रहरीले जनाएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
आगलागीका कारण केहीबेर यातायात आवागमन ठप्प भएको थियो । धरान उपमहानगरपालिकाको दमकल आगो नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति: असार ३१ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend