Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मोटरसाइकलको ट्याङकीमा भेटियो गोली

हाम्रो कोशी आवाज
असार ३२ २०७९, शनिबार
मोटरसाइकलको ट्याङकीमा भेटियो गोली

धरानः धरानमा धरान उपमहानगरपालिकाका गणकमाथि प्रहार भएको गोली प्रहरीले भेटेको छ ।
इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठका अनुसार धरान उपमहानगरपालिकाको गरिबी निवारणको गणकको रुपमा कार्यरत् यहासु राई चढेको मोटरसाइकलमा लागेको गोली प्रहरीले फेला पारेको जानकारी दिए । ‘एसएलआरको गोलीजस्तो देखिने गोली नै मोटरसाइकलको ट्याङ्कीमै फेला पारेका छौं’, उनले भने, ‘यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’
धरान–११ र २० जोड्ने पुल केही माथि धरान-२० विष्णुपादुका जाने बाटो (पिच रोड सकिनेवित्तिकै) मा अज्ञात व्यक्तिले गोली प्रहार गरेको थियो । गोली लागेर मोटरसाइकलको ट्याङ्कीमा गोली छिरेको पाइएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा हिँडिरहेका राईमाथि गोली चलाइएको हुनसक्ने प्रहरीको अनुमान छ । ‘लुटपाटमा संलग्न व्यक्तिले उनीमाथि नै गोली प्रहार भएको हुनसक्छ’, प्रहरी स्रोत भन्छ ।
‘मोटरसाइकलमा गोली लागेर मोटरसाइकलको ट्याङ्कीमा दुलो परेको पाइएको थियो, गोली खोज्दै जाँदा मोटरसाइकलकै ट्याङ्कीभित्र भेटियो,’ इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर गजेन्द्र रायामझीले भने । घर फर्किँदै गर्दा गोली प्रहार भएको र सो गोलीले राई चढेको मोटरसाइकलमा गोली लागेको थियो । नीमाथि कसले र किन गोली चलाएको हो भन्नेबारेमा अहिलेसम्म खुलिनसकेको प्रहरीले जनाएको छ ।
सडकमा मोटरसाइकल चलाइरहँदा सडक किनारमा उभिएका एक व्यक्तिले आफूलाई पेस्तोलजस्तो वस्तुले ताकिरहेको देखेको र त्यो देख्नेवित्तिकै आफू मोटरसाइकल हुइँक्याउँदै गर्दा गोली प्रहार भएको राईले जानकारी दिए । उनका अनुसार बन्दुक पडकिएजस्तो आवाज आएपछि आफूले झनै तीब्र गतिमा मोटरसाइकल हुइँक्याएर गाउँले र प्रहरी गुहारेको थिएँ । ‘आफूमाथि नै गोली लागेछ भनेर तीब्र गतिमा मोटरसाइकल हुइँक्याउँदै माथि पुगेपछि मोटरसाइकलबाट तेल चुहिएको देखें’, राईले भने, ‘त्यसपछि स्थानीय र प्रहरीलाई खबर गरें ।’
धरान-२० का वडाध्यक्ष पदमबहादुर लिम्बूले अहिले धरान-२० बासी त्रसित बनेको बताए । उनले इलाका प्रहरी कार्यालयमा जाहुरी दिएको बताए । शुक्रबार राति करिब ८ बजेतिर सो घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असार ३२ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend