Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा नेविसंघद्वारा सरसफाइ र वृक्षारोपण

हाम्रो कोशी आवाज
साउन १ २०७९, आइतबार
धरानमा नेविसंघद्वारा सरसफाइ र वृक्षारोपण

धरानः नेपाल विद्यार्थी संघ सुनसरी क्षेत्र नं. १ को आयोजनामा धरानमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार ‘हरियो वन, नेपालको धन’ भन्ने मूल नाराका साथ नेविसंघले धरान वडा नं. १३ र २० को संगमस्थल बीपी पार्क क्षेत्रमा सरसफाइ तथा वृक्षारोपण गरिएको हो । नेपाली कांग्रेस प्रदेश १ का महामन्त्री उमेश थापाको प्रमुख आतिथ्यतामा नेविसंघ सुनसरी क्षेत्र नं. १ ले बीपी पार्क क्षेत्रमा सरसफाइ गर्नुका साथै २ सय ५० वटा विभिन्न जातको बोटविरुवा रोपिएको सभापति अजित लिम्बूले जानकारी दिए । सभापति लिम्बूले धरान उपमहानगरपालिकाले पनि वृक्षारोपण कार्यक्रमलाई निरन्तरता दिइरहेका बेला नेविसंघले त्यसको इँटा थप्ने कार्य गरेको बताए । धरान उपमहानगरपालिकाको विभिन्न चौकहरुमा सवारी दुर्घटनाको जोखिम बढिरहेको बताउँदै ती चौकहरुमा दुर्घटना न्यूनीकरण गर्नका लागि चाँडै नै जेब्रा क्रसिङ बनाउने बताए ।
महामन्त्री थापाले नेविसंघ पार्टीको नेतृत्व उत्पादन गर्ने थलो मात्र नभएर सामाजिक कार्यमा पनि उत्तिकै योगदान दिने संगठन रहेको बताए । उनले नेविसंघमा आवद्ध विद्यार्थी नेताहरुलाई आफ्नो शैक्षिक जिवनलाई पनि निरन्तरता दिदै राजनितिक र सामाजिक कार्यमा चलायमान हुन जोड दिए ।
महेन्द्र बहुमुखी क्याम्पस धरानका स्ववियू सचिव एवं नेविसंघ एकाईका सभापति दोर्चि शेर्पाले नेविसंघले विद्यार्थीहरुको हकहितको लागि मात्र नभई सामाजिक क्षेत्रमा पनि सक्रिय रहेको सन्देश दिनका लागि सरफाइ तथा वृक्षारोपण कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सचिव माधव घिसिङ, कांग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङ, प्रदेशसभा क र ख का सभापतिद्वय अनिल श्रेष्ठ, मुरारी भट्टराई, नगर सभापति श्याम पोखरेल, महाधिवेशन प्रतिनिधि एवं निवर्तमान मेयर तिलक राईलगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: साउन १ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend