सुनसरीः सुनसरीमा दुईवटा सवारी एकआपसमा जुध्दा एकजनाको मृत्यु भएको छ ।
रामधुनी-२ तित्रीवन चोकस्थित पूर्व-पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र १- ०१-००१ च ७६५० नम्बरको पिकअप र विपरीत दिशातर्फ आउँदै गरेको को२ह ७२९९ नम्बरको अटो एक आपसमा जुध्न पुगेका थिए ।
अटो चालक सुन्दरहरैंचा–३ का डम्बरकुमार दर्जीको टाउकोमा चोट लागेको थियो । उपचारका लागि इटहरीस्थित एपेक्स अस्पताल लगिएको र उपचारका क्रममा आइतबार राति करिब ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । पिकअप र चालक झापाको अर्जुनधारा–७ बस्ने मनबहादुर चौधरी इलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण दुर्घटना भएको पाइएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।