Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको पिण्डेश्वरीमा लामबद्ध भक्तजन

हाम्रो कोशी आवाज
साउन २ २०७९, सोमबार
धरानको पिण्डेश्वरीमा लामबद्ध भक्तजन

धरानः धरानमा पहिलाकै जस्तै गरी पहेंलो बस्त्रधारण गरी ‘बम’ (बोलबम) को पहिलो सोमबार नै भीड लागेको छ । धरान–१४ स्थित पिण्डेश्वर मन्दिरमा यसपटक भीड लागेको हो ।
सदाको वर्षझैं यस वर्षको बोलबम शुरु भएको हो । यसवर्षको बोलबममा पूजा तथा दर्शन गर्ने श्रदालु भक्तजनहरुको पिण्डेश्वर बाबाधाम धरान १४ मा बिहानैदेखि घुइँचो लागेको छ ।
पहेंलो बस्त्रधारी बोलबमको यसपटक पहिलो सोमबार नै भीड लागेको हो । अघिल्लो वर्ष कोरोना कहरका कारण मन्दिरको ढोका नखुलेपछि बाहिरैबाट चियाउँदै, ढोग्दै हिँडेका बोलबमको यसपटक भने भीड देखिएको हो ।
साउनको पहिलो सोमबार तिर्थालुहरू पिण्डेश्वर मन्दिरमा लामबद्ध भएर पूजा गरेको मूल पुजारी विनोद पोखरेलले बताए । ‘पहिला पहिलाजस्तै साउने सोमबार सयौं दर्शनार्थी बिहानैदेखि आएका छन्’, उनले भने, ‘केहीवर्षअघि कोरोना भाइरसको महामारीका कारण निषेधाज्ञा हुँदा मठ–मन्दिर पनि बन्द थिए तर यसपटक पहिलाको जस्तै भीड देखिएको छ ।’
पिण्डेश्वर बाबाधाम मन्दिरमा जल चढाउन भक्तजनहरुले आइतबार नै चतरास्थित सप्तकोसी नदीबाट जल ल्याएका थिए । नदीको पानी ल्याएर आजबाट पिण्डेश्वर बाबाधाममा चल चढाउने गरिन्छ । विगतको वर्षभन्दा यस वर्ष भक्तजन बढ्ने अपेक्षा पिण्डेश्वर बाबाधाम समितिले गरेको छ ।
पिण्डेश्वर बाबाधाममा अधिकांश महिलाको उपस्थित हुनेगर्छ । विवाहित महिलाले पतिको दीर्घ जीवनको कामना गर्दै र अविवाहिता युवतीले राम्रो पति पाऊँ भन्दै शिवलिंगमा जल चढाउने गर्दछन् ।
सप्तकोसी नदीबाट जल ल्याई पिण्डेश्वर बाबा धाममा रहेको शिवलिंगमा जल चढाए मनोकांक्ष पूरा हुने धार्मिक विश्वास रहेको छ । तस्वीरहरुः विकासकुमार बनेपाली

प्रकाशित मिति: साउन २ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend