Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानबाट धनकुटा पुगेको कार दुर्घटनामा

हाम्रो कोशी आवाज
साउन ४ २०७९, बुधबार
धरानबाट धनकुटा पुगेको कार दुर्घटनामा

धरानः धरानबाट धनकुटातर्फ जाँदै गरेको कार दुर्घटना हुँदा कारमा आगो लागेको छ ।
धनकुटा–९ रुद्रबारीनजिक पुगेपछि दिउँसो कार दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बा२च २५७५ नम्बरको कार दुर्घटना हुँदा करिब दुई सय मिटर तल खस्न पुगेको थियो । दुर्घटनामा परेर कार पल्टिँदा कारमा आगो लाग्न पुगेको प्रहरीले जनाएको छ । आगलागीमा कार जलेर नष्ट समेत भएको छ ।
कारमा सवार चारजना कार पल्टिँदै गर्दा हाम फालेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । ब्रेक फेल भएर कार दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
धरान–९ का मुकेश भाटीले हाँकेको कारमा स्थानीय सवारी धनी नारायण राई, स्थानीय आर्यन शर्मा, योगबहादुर राई सवार थिए । ‘कामको सिलसिलामा धनकुटातर्फ आइरहेको उनीहरुको कार दुर्घटनामा परेछ’, जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी लक्ष्मीराज अधिकारीले भने, ‘कार दुर्घटनामा परेर खोल्सीमा अड्किएछ, त्यही क्रममा उहाँहरु हत्तपत्त कारबाट निस्किनुभएछ, कारचाहिँ करिब दुई सय मिटर तल खस्दा आगलागी हुन पुगेछ ।’

प्रकाशित मिति: साउन ४ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend