Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको युएन, नवोदय कलेजमा सम्मान

हाम्रो कोशी आवाज
साउन ६ २०७९, शुक्रबार
धरानको युएन, नवोदय कलेजमा सम्मान

धरानः धरान-१६ स्थित युएन नवोदय कलेजमा एसइई आइडलका बिजेताहरुलाई सम्मान तथा छात्रवृत्ति प्रदान गरिएको छ ।
फक्ताङलुङ मिडिया हाउस प्रालिद्वारा सञ्चालित एफटिएल अनलाइन टिभीले आयोजना गरेको एसइई स्टेट–१ सिङ्गीङ आइडल सिजन–२ र डान्सिङ स्टार सिजन–१ का बिजेताहरुलाई युएन नवोदय कलेजले बिहीबार सम्मान गर्नुका साथै छात्रवृत्ति समेत प्रदान गरेको छ ।
कलेजको सेमिनार हलमा एक कार्यक्रमका बीच सम्मान गरिएको हो । सिङ्गीङतर्फका बिजेता छिरिङ तामाङ, फष्ट रनरअप रिजन लोहनी र सेकेण्ड रनरअप गनु राईलाई सम्मान गरिएको छ । त्यस्तै, डान्सिङतर्फका बिजेता नुमा लिम्बू, फष्ट रनरअप नियति रानामगर र सेकेन्ड रनरअप प्रकृति खापुङलाई सम्मान गरिएको छ ।
दुवैतर्फका बिजेताहरुलाई कलेजका अध्यक्ष ज्ञानेश्वर झा, प्राध्यापक बिनुमान मोते, शान्तिदूत राम लिम्बू र कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन श्रेष्ठले खदा, अविर, बुकेले सम्मान गरे ।
यसैगरी दुवैतर्फका बिजेता, फष्ट रनर अप र सेकेन्ड रनरअपलाई युएन नवोदय कलेजमा प्लस टु अध्ययनका लागि क्रमशः १०० प्रतिशत, ८० प्रतिशत र ७० प्रतिशत छात्रवृत्ति प्रदान गरिएको छ । प्रालि अध्यक्ष डम्बरकुमार तुम्वापोले सम्पूर्ण बिजेताहरुलाई बधाई दिनुका साथै कार्यक्रम सफल पार्न सहयोग पुरयाउने सबैलाई धन्यवाद दिए ।
एसइई आइडलको ग्रान्ड फिनाले गत असार –१८ गते धरान–१५ स्थित याक्थुङ चुम्लुङ भवनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: साउन ६ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend