Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा आपराधिक घटना बढ्दै अशान्त बनेको भन्दै कांग्रेसद्वारा ज्ञापनपत्र

हाम्रो कोशी आवाज
साउन ६ २०७९, शुक्रबार
धरानमा आपराधिक घटना बढ्दै अशान्त बनेको भन्दै कांग्रेसद्वारा ज्ञापनपत्र

धरानः नेपाली कांग्रेस धरान उपमहानगर समितिले ज्ञापनपत्र बुझाएको छ ।
कांग्रेसले इलाका प्रशासन कार्यालय धरान र इलाका प्रहरी कार्यालय धरानका कार्यालय प्रमुखलाई भेटी ज्ञापनपत्र बुझाएको हो । सुन्दर, शान्त र पर्यटकीय शहर धरानमा दिनदहाडै आपराधिक घटनाले प्रश्रय पाइरहेको जनाउँदै ज्ञापनपत्र बुझाइएको नगर सभापति श्याम पोख्रेलले जानकारी दिए । उनले धरानमा जनताको शान्ति, सुरक्षा नभएको पाइएकोले ज्ञापनपत्र बुझाइएको जानकारी दिए । इलाका प्रशासन कार्यालय धरानका प्रमुख चुडाराज भट्टराई र इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठलाई सो ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्र बुझ्दै राज्यको ध्यान जनताको शान्ति सुरक्षा कायम गर्नु नै पहिलो प्राथमिकता रहेको इलाका प्रशासन कार्यालय धरानका प्रमुख भट्टराईले बताए ।
गएको केहीदिनअघि कांग्रेसका नेता कार्यकर्ताप्रति लक्षित रहेको सांघातिक हमला, धरान-२० मा गोली चल्नु आदि कारणले सर्वसाधारण जनता आतंकित बनेको ज्ञापनपत्रमा जनाइएको छ । कांग्रेसले घटनामा जोडिएका अपराधीलाई पक्राउ गरी कारवाहीका लागि माग समेत गरेको छ ।

 

प्रकाशित मिति: साउन ६ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend