धरानः धरानमा हाइकिङ गीत सार्वजनिक भएको छ ।
धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक कक्षमा मेयर हर्कराज राई (साम्पाङ) ले सो गीत सार्वजनिक गरेका छन् । मेयरकै समेत स्वर भरिएको गीत हाइकिङमा आधारित छ ।
कार्यक्रममा उपमेयर अइन्द्रविक्रम बेघा, कांग्रेसका नेता किशोर राई, सेवक अभियानका संयोजक राजीव हलवाई, गायक डिल्ली फोम्बोलगायतको उपस्थितिमा सो गीत सार्वजनिक गरिएको हो ।
गीतमा चर्चित गायकहरु राजेशपायल राई, शिव लामिछाने, डिल्ली फम्बो, राम तामाङ, दिप्सन घिमिरे गायिकाहरु मेलिना राई, प्राश्ना शाक्य, रमना श्रेष्ठ, पम्फा चहार र मेयर साम्पाङको स्वर छ ।
सेवक अभियानका संयोजक हलवाईले रचता गरेको सो गीतको संगीत तथा एरेन्ज मनोज मोतेले गरेका हुन् भने रेकर्डिङ भावना डिजिटल रेकर्डिङ धरानका हेम सुब्बाले गरेका हुन् । पर्यटन प्रवद्र्धन र प्रकृतिमूलक गीत स्वास्थ्यका लागि प्रवद्र्धन गर्ने उद्देश्यले ल्याइएको संयोजक हलवाईले जानकारी दिए ।
कार्यक्रममा संयोजक हलवाईले मेयरको कार्यशैलीबारे पनि गीत निर्माण गर्न लागेको घोषणा गरेका छन् । ‘मेयरको कार्यशैलीबारेमा पनि गीत बन्ने घोषणा गर्दछु’, उनले भने ।
सो गीत सिल्भर इन्टरटेण्टमेन्टबाट सार्वजनिक गरिएको छ ।