धरानः धरानको इडेन एकेडेमी कन्सल्टेन्सी प्रालिले एसइई स्टेट–१ सिङ्गीङङ आइडल सिजन–२ र डान्सिङ स्टार सिजन–१ का बिजेताहरुलाई सम्मान गरेको छ ।
एकेडेमीको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी बिजेताहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा सिङ्गीङतर्फका बिजेता छिरिङ तामाङ, फष्ट रनरअप रिजन लोहनी र सेकेण्ड रनरअप गनु राई रहेका छन् ।
त्यस्तै, डान्सिङतर्फका बिजेता नुमा लिम्बू, फष्ट रनरअप नियति राना मगर र सेकेन्ड रनरअप प्रकृति खापुङ सम्मानित भएका छन् । बिजेताहरुलाई एकेडेमेकी इन्चार्ज आइतरानी लिम्बूले अविर र खादा लगाएर सम्मान गर्नुका साथै मायाको चिनो प्रदान गरिन् ।
यसैगरी एकेडेमीले दुवै विधाका सम्पूर्ण बिजेताहरुलाई आईएल्स तथा पिटिई कोर्ष गर्नका लागि पूर्ण छात्रवृत्ति प्रदान गरेको छ । एसइई आइडलका निर्देशक राम लिम्बूले बिजेताहरुलाई सम्मान गरेकोमा इडेन एकेडेमीलाई धन्यवाद दिँदै विद्यार्थीहरुलाई बधाई ज्ञापन गरे ।
फक्ताङलुङ मिडिया हाउस प्रालिद्वारा सञ्चालित एफटिएल अनलाइन टिभीले आयोजना गरेको एसइई आइडल–२०२२ को फाइनल गत असार–१८ गते धरान–१५ स्थित याक्थुङ चुम्लुङ भवनमा भएको थियो ।

