Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको कलेज प्रदेशमै ‘ब्राण्ड’

हाम्रो कोशी आवाज
साउन ११ २०७९, बुधबार
धरानको कलेज प्रदेशमै ‘ब्राण्ड’

धरान-१६ स्थित युएन, नवोदय कलेज होटल म्यानेजमेन्ट, विज्ञान, म्यानेजमेन्ट, कम्प्युटर विज्ञन, विषय अध्ययनका लागि प्रदेश १ कै उत्कृष्ट कलेजका रुपमा लिन सकिन्छ । ‘शिक्षा नै परिवर्तनको मूल संवाहक हो’ भन्ने मूल मन्त्र लिएर १० वर्षअघि स्थापना भएको कलेज प्रदेश १ कै नमूना कलेजको रुपमा स्थापित भएको छ । २०६८ सालमा ११ जना विद्यार्थीबाट शुरु भएको कलेजले हालसम्म १० हजार विद्यार्थी उत्पादन गरिसकेको र हाल आएर कलेज प्रदेश १ कै ‘ब्राण्ड’ कलेजका रुपमा स्थापित हुँदै अघि बढिरहेको छ ।
विशेषतः प्राज्ञिक पृष्ठभूमिबाट आएका व्यक्तित्वहरुले सञ्चालन गरेको यस कलेजका अध्यक्ष ज्ञानेश्वर झा अंग्रेजीमा वाकशक्ति भएको व्यक्तित्व मानिन्छन् । सैद्धान्तिक शिक्षाका साथै व्यवहारिक शिक्षाको माध्यमबाट अध्ययन अध्यापन गराउने नवोदय, युएन कलेजले विद्यार्थी केन्द्रित शिक्षण प्रणाली अपनाएको कारण उत्कृष्ट नतिजा निकाल्न सफल हुनाले यो कलेजले पूर्वमा ब्राण्ड बनाउन सफल बनेको क्याम्पस प्रमुख डम्वरकुमार तुम्बापो बताउँछन् । ‘पुरानो शिक्षण प्रणालीले विद्यार्थीको सिकाई प्रभावकारी हुँदैन, हामी एप्लाइड पद्दतिअनुसार विद्यार्थी पढाउँछौं’, क्याम्पस प्रमुख तुम्वापो भन्छन् ।
उत्कृष्ट नतिजा
अनुभवी प्राध्यापक, उत्कृष्ट व्यवस्थापन, सम्पूर्ण शैक्षिक पूर्वाधार नै नवोदय, युएन कलेजको पहिचान हो । कलेजले सञ्चालनको छोटो अवधिमै शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ ।
कलेजबाट उच्च माध्यमिक शिक्षा परिषदको वार्षिक परीक्षामा यस कलेजका एचएमतर्फका विद्यार्थीहरु प्रदेश १ प्रथम, द्वितीय र तृतीय हुन सफल भएका छन् । स्मृति रोका मगर (प्रदेश १ प्रथम ७९ प्रतिशत), आकाश तामाङ (प्रदेश १ प्रथम ७६.८ प्रतिशत) सजना राई (प्रदेश १ द्वितीय ७५.६ प्रतिशत), उत्सव ढकाल (प्रदेश १ तृतीय ७५ प्रतिशत) अङ्क प्राप्त गर्न सफल भएका छन् ।
होटल म्यानेजमेण्टतर्फ लिगु लिम्बूले ३.६२ जिपिए ल्याउँदै धरान टपर र सुम्निमा राईले ३.६० जिपिए ल्याउँदै धरान टप नै गर्न सफल भइसकेकी छिन् । त्यस्तै, युएन कलेजमा अध्ययनरत् छात्रा कञ्चन सुवेदीले म्यानेजमेन्टतर्फको २०७१ सालको वार्षिक परीक्षामा ८१.६ प्रतिशत अङ्क हांसिल गरी प्रदेश १ प्रथम बन्न सफल भएकी छिन् । यस्तै छात्रा कञ्चन सुवदीले नै त्रिभुवन विश्व विद्यालयले लिएको बिबिएस प्रथम वर्षमा ७३ प्रतिशत र बिबिएस तेस्रो वर्षमा ७८ प्रतिशत अङ्क हासिल गरी प्रदेश १ प्रथम हुन सफल भएकी छिन् ।
‘यी उल्लेखित उपलब्धिहरु कलेजको उत्कृष्ट व्यवस्थापन, शिक्षण प्रणाली, कलेजमा विद्यार्थीको लागि सहज वातावरण र विद्यार्थीहरुको अथक लगनशीलता, मिहिनेत र प्रयासका उपज हुन भन्ने कुरालाई नकार्न सकिँदैन ।’ क्याम्पस प्रमुख तुम्वापोले भने ।
उत्कृष्ट र व्यवहारिक तालिम साथै उत्कृष्ट प्राक्टिकल ल्याब
प्लस टु मा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट अनि बिएचएम र बिबिएस अध्ययनका लागि यो कलेज पूर्वाञ्चलकै उत्कृष्ट कलेज मान्न सकिन्छ । होटल म्यनेजमेन्ट अध्ययन गर्ने विद्यार्थीका लागि कलेजले कलेज भवनमै उत्कृष्ट ल्याब र एसी रेष्टुराँ, बारं (एचएम प्राक्टिकल) निर्माण गरेको छ । प्रदेश १ मै सुविधासम्पन्न होटल म्यानेजमेण्ट ल्याब स्थापना गरिएको छ ।
कलेजले होटल म्यानेजमेन्ट र ट्राभल एण्ड टुरिजम विषयअन्तर्गत डाइनिङ एटिक्युट, हाउस किपिङ, फ्रन्ट अफिस, फुड एण्ड वेभरेज, फुड एण्ड वेभरेज सर्भिस, एयरलाइन्स, वेकरी र हस्पिटालिटीको समेत तालिम दिने गरेको छ । तालिममा कलेजका होटल म्यानेजमेन्ट कार्यक्रमका संयोजक गगनमान श्रेष्ठले दिने गर्दछन् ।
यस्तै, कलेजमा विज्ञान सङ्कायका विद्यार्थीका लागि साइन्स ल्याब पनि स्थापना गरिएको छ । यसैगरी विद्यार्थीहरुको सुविधालाई मध्यनजर गरी होस्टलको व्यवस्था गरेको छ । यस्तै, छात्रा होस्टल, बसको सुविधा, कलेजका सुविधा हुन् । फ्रि बैकिङ तालिम, इण्डष्ट्रियल भिजिट, स्टार होटल भिजिट, बैंकिङ स्टर्नसीप, शेयर मार्केटबारे फ्रि काउन्सेलिङ पनि कलेजले गर्दै आएको छ । यस्तै, कलेजले सेफ कम्पिटिसन पनि वर्षेनी गर्दै आएको छ । प्रदेश १ मै ५० हजार रुपैयाँ राशी पुरस्कारको सेफ कम्पिटिसन पनि गराइसकेको छ ।
‘कलेज खोलेर विद्यार्थी बटुल्नु मात्र पढाउनु होइन, विद्यार्थीलाई जीवनउपयोगी शिक्षासँगै विश्व प्रतिस्पर्धामा खरा उत्रन सक्ने बनाउन कलेज लागिपरेको छ’, कार्यक्रम संयोजक श्रेष्ठ भन्छन् । कलेजले धेरै विद्यार्थी बटुल्नुभन्दा गुणस्तरीय शिक्षालाई प्राथमिकता दिएको छ, जसले गर्दा कलेजले म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट विषय अनि बिएचएम र बिबिएस लेवलको अध्ययनका लागि पूर्वाञ्चलकै ब्राण्ड बन्न सफल भइरहेको कलेजका अध्यक्ष ज्ञानेश्वर झा बताउँछन् ।
विशेष छात्रवृत्ति
कलेजले प्रतिभावान, दक्ष अनुशासित विद्यार्थीहरुका लागि विशेष छात्रवृत्तिको व्यवस्था गरेको छ । जसअन्तर्गत एसईई परीक्षामा ए प्लस ग्रेड प्राप्त गर्ने विद्यार्थीहरुलाई सम्पूर्ण शुल्कमा विशेष छुट, इन्ट्रान्स टपरलाई विशेष छुट, ए ग्रेड प्राप्त गर्ने र स्कुल टपरहरुलाई भर्नामा विशेष प्रतिशत छुटको व्यवस्था गरेको छ ।
अतिरिक्त क्रियाकलापमा जोड
कक्षा ११ र १२ मा अध्ययन गर्ने प्रतिभावान, दक्ष र अनुशासित विद्यार्थीहरुलाई हौसला बढाउनका लागि कलेजले अतिरिक्त क्रियाकलापमा सक्दो जोड दिँदै गएको र पुरस्कार पनि राखिएको कलेजका अध्यक्ष झाले जानकारी दिए । उनका अनुसार विशेषतः म्युजिक र खेलकुदका कक्षा नै सञ्चालन हुन्छ । यसको नृत्य, वादविवाद, कविता प्रतियोगिता, विभिन्न ठाउँको शैक्षिक भ्रमण (पोखरा, मुस्ताङ, सिक्किम आदि) पनि गराउने गर्दछ ।
सामाजिक सेवा
कलेजले गुणस्तरीय शिक्षा सँगसँगै सामाजिक सेवा पनि गर्दै आइरहेको छ । कलेजका विद्यार्थीहरुको नेतृत्वमा समाजसेवामा समर्पित ‘युएन, नवोदय हेल्पिङ ह्यान्ड्स’ गठन भएको छ । यही संस्थाबाट पनि विद्यार्थीहरुले समाजसेवाका साथै सामाजिक कार्यहरुलाई निरन्तरता दिँदै आइरहेका छन् । यस कलेजका विद्यार्थीले ज्येष्ठ नागरिकलाई खाना खुवाउने, असहाय बालबालिकालाई शैक्षिक सामग्री प्रदान गर्ने साथै अशक्त, असहायहरुलाई पनि आर्थिक सहयोग गरिसकेको छ ।
ब्राण्ड कलेज
‘कलेज स्थापना भएको १० वर्ष भएको छ । दशक महोत्सव पनि भव्यरुपमा मनाइसकेका छौं, भनौं कलेजले धरानलाई शैक्षिक क्षेत्रको हब बनाउन सहयोग गरिरहेको छ, साथै कलेज प्रदेश १ मै ब्राण्ड पनि बनेको छ’, कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक झाले अन्त्यमा भने ।
प्लस टु देखि ब्याचलर्ससम्म
यस कलेजमा माध्यमिक तह तथा प्लस टु लेवल र ब्याचलर लेवलसम्म अध्ययन अध्यापन हुने गरेको छ । त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन लिई अध्ययन अध्यापन हुने गरेको कलेजमा यी माथिका विषयका अलवला बिएचएम र बिबिएस पनि अध्ययन हुने गरेको छ । विशेषतः बिएच अध्ययनका लागि काठमाण्डौं धाउनुपर्ने बाध्यता थियो तर त्यो बाध्यता हटिसकेको छ ।
होटल म्यानेजमेण्ट अन्तर्राष्ट्रियस्तरमा पनि बिक्ने शिक्षा
सोल्टी होटललगायतमा काम गरी अनुभव समेत सङ्गालीसकेका होटल म्यानेजमेण्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ होटल म्यानेजमेण्ट ‘स्कोप’ को सङ्काय हो भन्छन् । उनी यो सङ्काय पढिसकेपछि अन्तर्राष्ट्रियस्तरमा पनि बिक्ने बताउँछन् । ‘यसैले, होटल म्यानेजमेण्ट विद्यार्थी, अभिभावकको रोजाइको विषय बन्दै गएको छ ।’ उनी थप्छन्, ‘होटल म्यानेजमेण्ट पढेका अधिकांश विद्यार्थी विदेशसम्म पुग्ने गरेका छन् । स्वदेशमै पनि पर्यटकहरु बढ्दो छन् । यहाँ पनि होटल म्यानेजमेण्ट शिक्षा लिएका विद्यार्थीले सेवा दिइरहेको अवस्था छ ।’

 

प्रकाशित मिति: साउन ११ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend