धरानः एसइई परीक्षा २०७८ को नतिजा सार्वजनिक भएको छ ।
धरानका निजी विद्यालयले पनि उत्कृष्ट नतिजासहित शत प्रतिशत नतिजा निकालेका छन् । धरानमा नाम चलेका र पढाइमा अब्बल रहेका निजी विद्यालयले उत्कृष्ट नतिजा ल्याएका हुन् । समग्रमा धरानका अधिकांश निजी विद्यालयका विद्यार्थी एसइईमा उत्तीर्ण भएको पाइएको छ ।
धरानस्थित विष्णु मेमोरियल स्कुलबाट एसइई परीक्षामा १३१ जना विद्यार्थी सहभागी भएकोमा २९ जनाले ए प्लस, ७१ जनाले ए, २७ जनाले बि प्लस, ४ जनाले बि प्लस ल्याएका छन् । ३.९५ ल्याउने २ जना रहेको प्रिन्सिपल निलमकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार समग्र देशभरी र प्रदेश १ भरीमा ए प्लस ल्याउने ११ सय ८७ जना मात्रै रहँदा विष्णुको नतिजा राम्रो भएको प्रतिक्रिया दिए ।
यस्तै, सैनिक आवासीय माविका १५१ जना विद्यार्थीमध्ये ए प्लस २३ जना, ए ९५, बि प्लस ३५ जना बि १ जनासहित शत प्रतिशत नतिजा निकालेको छ ।
युरेका आवासीय माविबाट ९५ जना सहभागीमध्ये ७ जना ए प्लस, २५ जना ए, ४७ जना बि प्लस, १५ जना बि, सी प्लस १ जनासहित शत प्रतिशत पास प्रिन्सिपल कुरुन चेम्जोङले जानकारी दिए ।
धरानकै सुनाखरी २४ जना सहभागी विद्यार्थीमध्ये २ जना ए प्लस, ८ जना ए, १४ जना बि प्लस ल्याएको प्रिन्सिपल मिलनकुमार राईले जानकारी दिए ।
धरानकै नवोदय विद्या मन्दिरले पनि शत प्रतिशत र उत्कृष्ट नतिजा निकालेको प्रिन्सिपल डम्बरकुमार तुम्बापोले जानकारी दिए । उनका अनुसार जम्मा २९ जना विद्यार्थी सहभागी भएकोमा ए प्लस ६ जना, ए ल्याउने १३ जना, बि प्लस ल्याउने ९ जना र बि ल्याउने १ जना छन् । ‘खासमा सहभागी संख्या हेर्दा हाम्रो उत्कृष्ट नतिजा हो’, उनले भने ।
धरानकै इमानुएल स्कुलबाट ४१ विद्यार्थी सहभागी भएकोमध्ये २२ जना ए र अन्य बि प्लसमा उत्तीर्ण भएको प्रिन्सिपल प्रभाष राजवंशीले जानकारी दिए ।
धरानको सरकारी स्कुलमध्ये नमूना बन्दै अघि बढिरहेको पब्लिक हाइस्कुलका १५८ जनाले एसइई उत्तीर्ण गरेका छन् । तीमध्ये २४ जनाले ए, ३२ जनाले बि प्लस, २७ जनाले बि, ३८ जनाले सी प्लस, ३४ जनाले सी र ४ जनाले डि प्लस ल्याएको प्राचार्य इन्द्रमोहन झाले जानकारी दिए ।
धरानकै के के इन्टरनेशनल, लोटस विद्या विहार, हिविस्कस, सियोन, डिपोट, आइडियल, ज्ञानकुञ्ज, कार्मेल, लिवर्टी, लिगामेन्ट, इष्टर्न, होलिल्याण्ड, सुम्निमा, हिमालयन, स्कुलका विद्यार्थी पनि शत उत्तीर्ण भएका छन् ।