विराटनगरः धरानका एकजना पुरुष लागूऔषधसहित एकजनालाई पक्राउ गरिएको छ ।
मोरङको विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट उनी पक्राउ परेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका ८ का ४० वर्षीय सन्तोष मानन्धर रहेका छन् । बिहीबार दिनको साढे ३ बजे लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका मानन्धरलाई नाइट्रोसन ५० ट्याब्लेटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।