धरानः धरान-१६ स्थित नवोदय विद्या मन्दिरका विद्यार्थीले एसइई परीक्षा २०७८ मा उत्कृष्ट नतिजा निकालेका छन् ।
शत प्रतिशतसहित उत्कृष्ट नतिजा निकालेको प्रिन्सिपल डम्बरकुमार तुम्बापोले जानकारी दिए । उनका अनुसार २९ जना विद्यार्थी सहभागी भएकोमा ६ जनाले ए प्लस, १३ जनाले ए, ९ जनाले बि प्लस र एकजनाले बि ल्याएका छन् । ‘खासमा सहभागी संख्या हेर्दा हाम्रो उत्कृष्ट नतिजा हो’, उनले भने ।
यसैबीच युएन, नवोदय कलेज परिसरमा उत्कृष्ट नतिजा ल्याएको खुशीयालीमा विद्यार्थी, अभिभावक र शिक्षकलाई सम्मान गरिएको छ । युएन, नवोदय कलेजका अध्यक्ष ज्ञानेश्वर झा, प्रिन्सिपल तुम्बापो, सहायक प्रिन्सिपल विद्याभुषण गुप्तालगायतले विद्यार्थी, अभिभावकलाई खदा र अविरले सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै सहायक प्रिन्सिपल गुप्ताले उत्कृष्ट नतिजा आउनुमा विद्यार्थी, अभिभावक र शिक्षककै पनि अथक प्रयास रहेको बताए । ‘विद्यार्थीले मिहिनेत गरेर नपढीदिएको भए, अभिभावकले हौसला र सहयोग नगरिदिनुभएको भए साथै शिक्षकले अथक प्रयास नगरेको भए उत्कृष्ट नतिजा आउने थिएन’, उनले थपे, ‘उत्कृष्ट नतिजा आउनुमा सबैको जोडबल छ ।’
कार्यक्रममा बोल्दै प्रिन्सिपल तुम्बापोले आगामी वर्षहरुमा पनि स्कुलले यस्तै नतिजालाई कायम राख्दै स्कुल अघि बढ्ने बताए । उनले स्कुलले पढाइका साथै अतिरिक्त क्रियाकलापमा सक्दो जोड दिँदै जाने र नतिजालाई पनि यतिकै कायम राखेर जाने बताए । युएन, नवोदय कलेजका अध्यक्ष झाले अबको शैक्षिक यात्रामा विद्यार्थीले आफ्नो क्षमताअनुसारको विषय रोजेर अघि बढे यात्रामा सहज हुने बताए ।








































