धरानः बालयौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका वडा नं. १५ बगरकोट शिवगंगा बस्ती बस्ने ३१ वर्षीय नगेन्द्र बराइली विश्वकर्मा रहेका छन् । विश्वकर्मालाई १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले खोेजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी सुनसरी जिल्ला अदालतमा दाखिला गरिएको छ ।
विश्वकर्माको बालयौन दुरुपयोग मुद्दामा सुनसरी जिल्ला अदालतको मिति २०७८ कार्तिक २७ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः १ वर्ष ५ महिना ५ दिन कैद र १५ हजार जरिवाना भई लगत नं. १२१२ मा कैद तथा जरिवाना बेरुजु रही असुल गर्न बाँकी रहेको थियो ।