Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको वीरेन्द्र कलेजका विद्यार्थीलाई पुरस्कार प्रदान

हाम्रो कोशी आवाज
साउन १३ २०७९, शुक्रबार
धरानको वीरेन्द्र कलेजका विद्यार्थीलाई पुरस्कार प्रदान

धरानः धरान-१ स्थित वीरेन्द्र मेमोरियल कलेजमा खेलकुदका गतिविधिमा बिजेता विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको छ ।
कलेज परिसरमा आयोजित कार्यक्रममा बिएस्सी सिएसआइटीका विद्यार्थीहरुलाई पुरस्कृत गरिएको हो । टेबलटेनिस, क्यारामबोर्ड, ब्याडमिन्टन, लुँडो, चेस, फुटसललगायत अन्य खेलकुदका गतिविधिमा सहभागी जनाएर बिजेता बन्ने छात्रछात्राहरुलाई पुरस्कार प्रदान गरिएको प्रिन्सिपल ताराबहादुर निरौलाले जानकारी दिए ।
उनका अनुसार कलेजले साउन १ गतेदेखि ६ गतेसम्म एकहप्ते खेलकुद कार्यक्रम आयोजना गरेको थियो । ‘पढाइका साथै विद्यार्थीहरुको सर्वाङ्गीण विकासमा खेलकुद एउटा महत्वपूर्ण अंग हो भन्ने यथार्थलाइ मनन गर्दै हरेक वर्ष कलेजले खेलकुद सप्ताहको आयोजना गर्ने गरेको छ ।’ उनले भने ।
बिएस्सी सिएसआइटीका एचओडी मुकेश शाहले उनीहरुलाई मेडल, प्रमाणपत्रलगायतको पुरस्कार दिइएको जानकारी दिए ।

 

प्रकाशित मिति: साउन १३ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend