Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको सियोन स्कुलमा बास्केटबल प्रतियोगिता

हाम्रो कोशी आवाज
साउन १३ २०७९, शुक्रबार
धरानको सियोन स्कुलमा बास्केटबल प्रतियोगिता

धरानः सियोन स्कुलको आयोजनामा शुक्रबार आयोजित एक दिने सियोन स्कुल थ्री वाइ थ्री महिला पुरुष बास्केटबल प्रतियोगिताको दुवै उपाधि होलिल्याण्ड स्कुलले चुमेको छ ।
छात्रातर्फको फाइनल खेलमा होलिल्याण्डले आयोजक सियोन स्कुललाई १२–१ र छात्रतर्फ डिपो स्कुललाई ९–७ अंकको अन्तरले पराजित गर्दै उपाधिमाथि कव्जा जमाएको हो । अत्यन्त प्रतिस्पर्धात्मक भएको छात्रतर्फको खेलमा भने निर्धारित समय सकिँदा दुवै टिमले बराबर ७–७ अंक जोडेपछि समय थप गरिएको थियो । थप समयमा होलिल्याण्डले दुई पोइन्ट जोड्दै ९–७ अंकको नतिजा ल्याउँदै होलिल्याण्ड विजयी भएको थियो ।
उपाधिसँगै बिजेता होलिल्याण्ड स्कुलका छात्रा छात्र दुवै टिमले नगद चार हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेता छात्रातर्फका सियोन स्कुल र छात्रतर्फका डिपो स्कुलले नगद दुई हजार रुपैयाँ, ट्रफ्री, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधिमाथि पनि दुवैतर्फ होलिल्याण्ड स्कुलले नै कब्जा जमाएको छ । छात्रतर्फ युडी लिम्बू र छात्रातर्फ सन्ध्या राई उत्कृष्ट खेलाडी घोषित भए ।
त्यस्तै, उदयीमान खेलाडीमा छात्रा छात्र दुवैतर्फ आयोजक सियोन स्कुलका सम्झना राई र संयोग राई घोषित भए । उनीहरुलाई जनही नगद एक हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । विजेता तथा उपविजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान १६ नं वडाका वडाध्यक्ष मुरारी भट्टराई, सियोन स्कुलका अध्यक्ष खड्गबहादुर थापा मगर, प्रदेश १ बास्केटबलका मुख्य प्रशिक्षक विकास चाम्लिङ राई, मुवाथाइ किक बक्सिङका सुनसरी अध्यक्ष एलकोन मगरलगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिताको सेमिफाइनलमा छात्रातर्फ सियोन स्कुलले चिल्ड्रेन स्कुललाई र होलिल्याण्ड ए ले होलिल्याण्ड बि टिमलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । त्यस्तै, छात्रतर्फ डिपो स्कुलले आयोजक सियोन स्कुल र होलिल्याण्ड स्कुलले तरहरा ए टिमलाई पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । प्रतियोगितामा यसैवर्ष एसइई दिएका विद्यार्थीसम्मका पुरुषतर्फ १२ टिम र महिलातर्फ ५ टिमले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति: साउन १३ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend