धरानः धरान–१२ स्थित धरान मेघा हिमालयन कलेजले एसइई उत्तीर्ण विद्यार्थीका लागि प्रवेश परीक्षा आयोजना गरेको छ ।
केही वर्षअघि निकै ठूलो समूह मिलेर धरानमा कलेज सञ्चालन आएको थियो । कलेजमा लिइएको प्रवेश परीक्षामा ५ सय ७८ जना विद्यार्थी सहभागिता जनाएको कलेजका प्रिन्सिपल भाष्कर पौडेलले जानकारी दिए ।
यस वर्ष धरान, चतरा, तरहरा, केराबारीसम्मका विद्यार्थीले प्रवेश परीक्षामा सहभागिता जनाएको कलेजका अध्यक्ष कैलाश लिम्बूले जानकारी दिए ।
अर्को प्रवेश परीक्षामा धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथम, झापालगायतका जिल्लाबाट विद्यार्थीले सहभागिता जनाउने कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेले जानकारी दिए ।
कलेजमा नेपालमै पहिलोपटक फुड एण्ड न्युट्रीसन, विज्ञान, कम्प्युटर साइन्स, साथै होटल म्यानेजमेन्टको पढाइ शुरु गरेको छ । विज्ञानका विद्यार्थीहरुका लागि धरानमै उत्कृष्ट र अत्याधुनिक विज्ञान प्रयोगशाला र होटल म्यानेजमेण्टका लागि प्रदेश १ मै स्तरीय प्राक्टिकल ल्याब रहेको बिबिएस र प्लस टु म्यानेजमेण्ट कोअर्डिनेटर चन्द्र वनेमले जानकारी दिए । कलेजले विद्यार्थीलाई पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि विशेष जोड दिएकोले कलेज अधिकांश विद्यार्थीको रोजाइमा पर्न सफल बनेको उनले जानकारी दिए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज





































