धरानः धरान-१२ स्थित एम्स एकेडेमीमा एसइई उत्तीर्ण गरेका विद्यार्थीहरुको कक्षा–११ मा नयाँ भर्नाका लागि सोमबार प्रवेश परीक्षा सम्पन्न भएको छ ।
प्रवेश परीक्षामा ४ सय ५० भन्दा बढी विद्यार्थीहरु सहभागी भएको एकेडेमीका सम्योजक हेमन्त भण्डारीले जानकारी दिए । एकेडेमीमा हाल साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, शिक्षा र मानविकी सङ्कायमा अध्यापन हुँदै आएको छ ।
अहिलेको बजारमा विद्यार्थीहरुको माग बढेकाले यो शैक्षिक सत्रबाट होटल म्यानेजमेन्टको पढाइ सुरुवात गरिएको ब्यवस्थापन संयोजक दुर्गा सुवेदीले जानकारी दिए । विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै अतिरिक्त क्रियाकलापमा समेत विशेष जोड दिइने संयोजक सुवेदीले बताए ।
साइन्सका लागि पर्याप्त मात्रामा प्रयोगात्मक सामग्रीले युक्त विज्ञान प्रयोगशाला भएकोले गुणस्तरीय शिक्षामा कुनै कमी नआउने शैक्षिक संयोजक नेत्र सुवेदीले जानकारी दिए । उनले भने, ‘साइन्समा प्राक्टिकल बढी महत्वपूर्ण कुरा हुन्छ त्यसका लागि हाम्रोमा फिजिक्स, केमिष्ट्री र बायोलोजीका लागि अलग अलग ल्याब छ ।’ शिक्षा र मानविकी सङ्कायमा पनि विद्यार्थीहरुलाई धेरै राम्रो भएको एकेडेमीका प्रिन्सिपल मित्र तामाङले जानकारी दिए ।

