धरानः होलिल्याण्ड स्कुल, चिल्ड्रेन एकेडेमी, कार्मेल र टावर टेम्पल स्कुल बिर्तामोड स्कुल प्रदेश १ स्तरीय अन्तर स्कुल मेजर श्रवणकुमार लिम्बू मेमोरियल डिपो बास्केटबल रनिङ कपको सेमिफाइनलमा प्रबेश गरेका छन् ।
वर्षाको कारण तेस्रोदिन पनि धरान–१६ स्थित कर्भडहलमा खेलाइएको क्वाटर फाइनल खेलमा होलिल्याण्ड स्कुलले सगरमाथा स्कुललाई ५२–२१, चिल्ड्रेन एकेडेमीले केके स्कुललाई ४५–१८, कार्मेल स्कुलले लोटस स्कुललाई २१–१४ र टावर टेम्पलले सियोन स्कुललाई २५–१६ अंकले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् । पहिलो क्वाटर फाइनल खेलमा चिल्ड्रेन र सगरमाथा स्कुलले प्रत्यक क्वाटरमा ९–५, २०–६, ६–४ र १७–६ अंक जोडेका थिए । दोस्रो खेलमा चिल्ड्रेन र के के स्कुलले ८–२, १६–२, ११–४ र १०–१० अंक जोडे ।
तेस्रो क्वाटर फाइनल खेलमा कार्मेल र लोटस स्कुलले ७–१, ८–०, २–६ र ४–७ अंक जोडे । अन्तिम खेलम टावर टेम्पल र सियोन स्कुलले ३–२, ९–२, ६–२ र ७–१० अंक जोड्दै सेमिफाइनल प्रवेश गरे ।
पहिलो सेमिफाइनल खेलमा चिल्ड्रेन एकेडेमीले कार्मेल स्कुल र दोस्रो सेमिफाइनल खेल होलिल्याण्ड स्कुलले टावर टेम्पल स्कुल बिर्तामोडसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा धरान र धरान बाहिरका गरी १६ वटा विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिताका विजेता टिमले नगद पन्द्र हजार, उपविजेता टिमले नगद सात हजार ५ सय रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगिताका उत्कृष्ट खेलाडी र हाइस्कोररले जनही नगद दुई हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल श्रावण २० गते हुने आयोजकले जनाएको छ ।