Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

होटल म्यानेजमेण्टमा धरान प्रथम हुनेलाई नगद १० हजारसहित सम्मान

हाम्रो कोशी आवाज
साउन १७ २०७९, मंगलबार
होटल म्यानेजमेण्टमा धरान प्रथम हुनेलाई नगद १० हजारसहित सम्मान

धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजले ‘धरान टपर’लाई नगदसहित सम्मान गरेको छ ।
त्रिभुवन विश्व विद्यालयद्वारा सञ्चालित बिएचएम तेस्रो सेमेस्टरमा धरान प्रथम हुने जानुका राई (३.६४ जिपिए ) र बि एचएम पाँचौ सेमेस्टरमा धरान टपर ऋतु साम्पाङ राई (३.४५ जिपिए) लाई नगद १० हजार र सम्मान पत्रद्वारा सम्मान गरिएको क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले जानकारी दिए ।
कलेजका निर्देशक ज्ञानेश्वर झा, क्याम्पस प्रमुख तुम्बापो र बिएचएम कोर्डिनेटर गगन श्रेष्ठ र प्राध्यापक सिर्जना लिम्बूले उनीहरुलाई सम्मान गरेका थिए । यसैगरी सेमेस्टर टपरहरु र टर्म परीक्षा टपरहरुलाई पनि बधाई, पुरस्कार वितरण र सम्मान गरिएको थियो ।
जानुका राईले निरन्तर प्रथम सेमेस्टर र दोस्रो सेमेस्टरमा पनि प्रदेश टप गरेकी थिइन् भने बिएचएम पाँचौ सेमेस्टरका रितु राईले पनि यसअघि का सेमेस्टरहरुमा निरन्तर प्रदेश टप गरेकी थिइन् । हाल रितु राई कतारको सिलाइन रिसोर्ट पाँच तारे होटेलमा इन्टर्नसीप गर्दैछिन् ।
उनको पुरस्कार र सम्मान पत्र रितुको आमालाई हस्तान्तरण गरिएको कलेजले जनाएको छ । निरन्तर प्रदेशमा उत्कृष्ट नतिजा ल्याउन सफल भएकोले पनि युएन, नवोदय कलेज प्रदेश १ मै ब्रान्ड कलेजको रुपमा स्थापित भएको क्याम्पस प्रमुख तुम्बापोले बताए ।
धरान टपर लगायत सेमेस्टर टपरहरु र टर्म परस्क्षा टपरहरुलाई बधाई तथा शुभकामना दिँदै कलेजका निर्देशक ज्ञानेश्वर झा ले सम्पूर्ण विद्यार्थी अभिभावक साथै प्राध्यापकहरुलाई पनि बधाई तथा धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको सञ्चालन प्राध्यापक दिब्या झाले गरेकी थिइन् ।

प्रकाशित मिति: साउन १७ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend