Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको प्राइभ भिजन कलेजका विदार्थीद्वारा अभ्यासमा प्रस्तुतिकरण

हाम्रो कोशी आवाज
साउन १७ २०७९, मंगलबार
धरानको प्राइभ भिजन कलेजका विदार्थीद्वारा अभ्यासमा प्रस्तुतिकरण

धरान: धरानको एक मात्र स्मार्ट कलेज, प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजको कक्षाकोठामा केही फरक दृष्य देखियो । फरक कलेजको पोशाकमा फरक कलेजका दुई विद्यार्थी प्राइम भिजन कलेजमा प्रवेश गरे ।
ती विद्यार्थीहरु प्राइम भिजनमा आउँदा कक्षाका अन्य विद्यार्थीहरुले भब्य स्वागत गरे । तर ति विद्यार्थीहरु प्राइम भिजनमा किन आए त ? ती विद्यार्थीहरु कुन कलेजबाट आएका हुन् भन्ने प्रश्न सबैमा रहेको देखिन्थ्यो । सबै विद्यार्थीसँगै बसेर कक्षामा परिचयात्मक कार्यक्रम गर्दा थाहा भयो ती विद्यार्थीहरु डिइ इ कम कलेज उर्लाबारीका रोमा आले मगर र सुरेखा आचार्य थिए ।
विद्यार्थीहरुको परिचय गराउँदै कलेजका कार्यक्रम संयोजक संगीत सिग्देलले डिइइ कम उर्लाबारी र प्राइम भिजन कलेज धरानबीच स्टुडेण्ट एक्सचेन्ज कार्यक्रमअन्तर्गत ती विद्यार्थीहरु धरान आएको जानकारी गराए । साथै सो कार्यक्रमअन्तर्गत प्राइम भिजन तर्फबाट निर्निमेष गुरुङ र राम भक्त राईले सहभागिता जनाएको सिग्देलले बताए ।
प्रदेश नम्बर १ मा नै पहिलोपटक गरिएको सो कार्यक्रमले विद्यार्थीलाई नयाँ ठाउँ, फरक परिवेशमा अध्यन गर्ने वातावरण मिलेको कलेजका निर्देशक अनिल श्रेष्ठले बताए ।
हस्पिटालिटी म्यानेजमेन्टका विद्यार्थीहरुले अध्ययन गरेका विषयलाई अभ्यासमा प्रस्तुतीकरण गर्दै प्राइम भिजनका विद्यार्थीले तीनदिनका लागि गत बिहीबार धरान आएका पाहुना छात्राहरुलाई धरानका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलहरु भ्रमण गराए भने पाहुना छात्राहरुले आफ्ना कलेजमा हुने गरेको अध्ययन, अतिरिक्त क्रियाकलाप र सिकेका कुराहरुको प्रस्तुतीकरण गरेका थिए ।
यस स्टुडेण्ट एक्सचेन्ज कार्यक्रमले नयाँ ठाउँ, नयाँ अनुभव र फरक शिक्षण वातावरणमा पढ्ने अवसर मिलेको कार्यक्रममा सहभागी क्षात्रा सुरेखा आचार्यले बताइन् । धरानमा आफू पहिलोपटक आएको र यहाँ आएर विभिन्न ठाउँहरु घुमेर नयाँ परिवेशमा अध्यन गर्न पाउँदा अत्यन्तै खुशी महसुस भएको अर्की छात्रा रोमा आले मगरले बताइन् । ‘यहाँको अध्यापन शैली फरक र आधुनिक प्रविधियुक्त रहेको र त्यही कारण यस कलेजलाई स्मार्ट कलेज भनिएको रहेछ ।’ आलेले बताइन् ।
पहिलोपटक परीक्षणका रुपमा गरिएको यस प्रकारको अभ्यासले विद्यार्थीलाई नयाँ वातावरणमा घुलमिल गर्न सक्ने क्षमताको विकास हुने र नयाँ परिवेशमा अध्ययन गर्ने अवसर प्राप्त भएको कलेजका सिइओ अभिषेक श्रेष्ठले जानकारी दिए । यो कार्यक्रम आगामी दिनमा अन्य एडभान्स डिप्लोमा अध्यापन गराउने कलेज जस्तै चितवन, विराटनगर, दमक, बिर्तामोड, काठमाडौ.लगायतका स्थानमा थप गर्दै जाने श्रेष्ठले बताए ।
प्राइम भिजन र डिइ इ कम कलेज दुवै एल सी सी आई ग्लोबल क्वालिफिकेशन अथोरिटी बाट सम्बन्धन प्राप्त कलेज हो ।

 

 

प्रकाशित मिति: साउन १७ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend