Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रतिभावान विद्यार्थीको रोजाइमा युएन, नवोदय कलेज

हाम्रो कोशी आवाज
साउन २० २०७९, शुक्रबार
प्रतिभावान विद्यार्थीको रोजाइमा युएन, नवोदय कलेज

धरानः यस वर्ष एसइई लेखेकी मोरङ विराटचोक निवासी नुमा लिम्बू प्लस टुमा होटल म्यानेजमेण्ट पढ्ने निर्णयमा पुगेकी छिन् । प्रदेश १ स्तरीय डान्सिङ स्टारमा बिजेता बनेकी उनले स्तरीय प्राक्टिकल ल्याब, होटल म्यानेजमेण्ट पढिसकेपछि बिएचएम पनि कलेजमै पढ्न पाइने भएकोले आफूले युएन, नवोदय कलेज रोजेको उनी बताउँछिन् ।
उनले यी विविध सुविधाका बावजुद प्रदेश १ स्तरीय नतिजाका कारण पनि कलेज रोजेको बताउँछिन् । ‘यो कलेजचाहिँ प्रदेश १ मा निरन्तर उत्कृष्ट नतिजा ल्याएको कलेज हो भन्ने मैले बुझेको छु,’, उनले भनिन्, ‘त्यही भएर यो कलेज रोजेकी हुँ ।’
प्रदेश १ स्तरीय एसइई सिङ्गीङ आइडलमा बिजेता बनेका धरान–११ का छिरिङ तामाङले पनि युएन, नवोदय कलेज नै रोजेका छन् । उनले कलेजबारे धेरै राम्रो प्रतिक्रिया पाएको र विशेषतः होटल म्यानेजमेण्टमा उत्कृष्ट, अतिरिक्त क्रियाकलापमा विशेष जोड दिने भएकोले आफ्नो सिङ्गीङ करिअरका लागि पनि कलेज रोजेको बताउँछन् । ‘यो कलेज उत्कृष्ट नै हो भन्ने मैले बुझेको छु’, उनले भने, ‘यसको अलवा अतिरिक्त क्रियाकलापमा पनि सक्दो जोड दिएको पाएँ, म आफ्नो गायनकलालाई अझै तिखार्न चाहन्छु, त्यसको लागि यहाँ सङ्गीत कक्षा पनि दिइने गरेको पाएँ, यसले पढाइका साथै मेरो उज्ज्वल भविष्य निर्माण हुन्छ भन्ने ठानेको छु ।’
एसइई डान्सिङ स्टारकी फस्ट रनरअप बनेकी धरानकी नियति राना मगर म्यानेजमेण्ट विषयमा अध्ययन गर्न चाहन्छिन् । म्यानेजमेण्टमा युएन, नवोदय कलेज उत्कृष्ट भएकोले आफ्नो रोजाइमा परेको उनले बताइन् । ‘म्यानेजमेण्टको नतिजा हेर्दा पनि उत्कृष्ट रहेको पाएँ’, उनले भनिन्, ‘उज्ज्वल भविष्यको लागि युएन, नवोदय कलेज रोजें ।’
एसइई सिङ्गीङ आइडलका फस्ट रनरअप रिजन लोहनी म्यानेजमेण्ट सङ्कायमा भर्ना हुने तरखरमा छन् । आफ्नो गायनकलालाई थप प्रोत्साहन गर्न युएन, नवोदय कलेजले जोड दिने भएकोले आफूले यो कलेज रोजेको उनी बताउँछन् ।
एसइई स्पीकरकी बिजेता बनेकी चतराकी एङलिसा थापाले पनि युएन, नवोदय कलेज पढ्ने निधो गरेकी छिन् । प्रदेश १ कै उत्कृष्ट कलेज भन्नेबारेमा आफू जानकार रहेको बताउँदै उनले भनिन्, ‘उत्कृष्ट नतिजा, अतिरिक्त क्रियाकलापमा आफ्नो उज्ज्वल भविष्य हुन्छ भन्ने ठानेर आफूले यो कलेज पढ्ने निधो गरेकी हुँ ।’ एसइई सिङ्गीङ आइडलकी सेकेण्ड रनरअप बनेकी धरानकी गनु राई पनि सोही कलेज पढ्ने बताउँछिन् । कलेजका विविध सुविधा, आफू अतिरिक्त क्रियाकलापमा पनि सक्दो जोड दिने कलेज भएकाले आफूले सो कलेज रोजेको उनी बताउँछिन् ।
कलेजका अध्यक्ष ज्ञानेश्वर झाले प्रतिभान विद्यार्थीको रोजाइमा युएन, नवोदय कलेज पर्दै गएको बताए । ‘यसपटक डान्सिङ, सिङ्गीङदेखि अन्य विधामा उत्कृष्ट विद्यार्थीले यो कलेज रोजिसकेका छन्’, उनले भने, ‘उनीहरुको उज्ज्वल भविष्यको लागि कलेज हरतरहले लागिपर्छ ।’
क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले यसअघि पनि कलेजमा प्रतिभावान विद्यार्थीको रोजाइमा युएन, नवोदय कलेज परेको र यसपटक पनि यसैको निरन्तरता भएको बताए । ‘यसअघि पनि कलेजमा प्रतिभावान विद्यार्थी आएका थिए, यसपटक पनि त्यही निरन्तरता पाएको छु’, उनले भने, ‘उनीहरुको उज्ज्वल भविष्यको लागि हामीले पनि धेरै सोचेका छौं ।’
उनले यसअघिका विद्यार्थीले उत्कृष्ट नतिजाको साथमा अतिरिक्त क्रियाकलाप (गीत, सङ्गीत, खेलकुद, वक्तृत्वकलालगायत) मा पनि धेरै प्रगति गरिसकेको बताए । ‘यहाँबाट उत्पादित विद्यार्थीले धेरै प्रगति गरिसकेका छन्’, उनले भने, ‘एउटै मात्र उदाहरण लिने हो भने केविका खत्री हुन्, जसले राष्ट्रियस्तरको डान्सिङ प्रतियोगितामा भाग लिएर टप १० भित्र पर्दै हाल नृत्य प्रतियोगिताकै निर्णायकसम्म पुगिसकेकी छिन् ।’
उनले विद्यार्थीलाई पढाइमा उत्कृष्ट नतिजा ल्याउने बनाउँदै अतिरिक्त क्रियाकलापमा पनि कलेजले कुनै कसुर बाँकी नराख्ने बताए । ‘हाम्रा विद्यार्थीले पठपाठनमा प्रदेश १ मै उत्कृष्ट नतिजा ल्याउँदै आएका छन्, यहाँका विद्यार्थी निरन्तर प्रदेश १ प्रथम, धरान प्रथम बनिरहेका छन्’, उनले भने, ‘योसँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थी अब्बल बन्दै भविष्यमा यसमै रोजगारी सिर्जना गर्न सकुन् भन्ने पनि चाहन्छौं र त्यहीअनुसारको गतिविधि अगाडि बढाइरहेका छौं ।’
शनिबार प्रवेश परीक्षा
युएन, नवोदय कलेजमा प्लस टु तर्फ म्यानेजमेण्ट, होटल म्यानेजमेण्ट, साइन्स, कम्प्युटर साइन्स अध्ययन हुने गरेको छ भने ब्याचलर्सतर्फ बिएचएम, बिबिएस पनि पठनपाठन हुने गरेको छ ।
यसैबीच प्लस टु तर्फको प्रवेश परीक्षा शनिबार (भोलि) राखिएको क्याम्पस प्रमुख तुम्बापोले जानकारी दिए ।

प्रकाशित मिति: साउन २० २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend