Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका छात्र जसले जिते अन्तर्राष्ट्रिय स्वर्णपदक

हाम्रो कोशी आवाज
साउन २० २०७९, शुक्रबार
धरानका छात्र जसले जिते अन्तर्राष्ट्रिय स्वर्णपदक

धरानः धरानका एक छात्रले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्णपदक जितेका छन् ।
धरान–१६ स्थित नवोदय विद्या मन्दिर स्कुलको कक्षा–६ मा अध्ययनरत छात्र प्रमोद राईले अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा स्वर्णपदक जितेका हुन् ।
भारतको कलकत्तामा सम्पन्न छैटौं अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसीप २०२२ प्रतियोगितामा नेपालको तर्फबाट गोल्ड मेडल (स्वर्ण पदक) प्राप्त गर्न सफल भएका हुन् ।
पर्वत राईका छोरा प्रमोदले नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै गोल्ड मेडल प्राप्त गर्न सफल बनेका हुन् । ‘जे होस् नवोदय पढ्ने छात्रले अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी भएर विद्यालय तथा देशकै नाम अन्तर्राष्ट्रिय जगतमा राख्न सफल भएका छन्’, प्रिन्सिपल डम्बरकुमार तुम्बापोले भने ।
सहायक प्रिन्सिपल विद्याभुषण गुप्ताका अनुसार छात्र प्रमोद पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि अगाडि रहेका छन् । उनका अनुसार छात्र प्रमोदले बंगलादेशमा आयोजना हुने प्रतियोगितामा पनि भाग लिनेछन् ।

प्रकाशित मिति: साउन २० २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend