Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

युएन, नवोदय कलेजमा पहिलो चरणको प्रवेश परीक्षा सम्पन्न

हाम्रो कोशी आवाज
साउन २१ २०७९, शनिबार
युएन, नवोदय कलेजमा पहिलो चरणको प्रवेश परीक्षा सम्पन्न

धरानः धरान–१६ स्थित युएन, नवोदय कलेजमा पहिलो चरणको प्रवेश परीक्षा सम्पन्न भएको छ ।
एसइई उत्तीर्ण गरेका विद्यार्थीहरुलाई कक्षा–११ मा नयाँ भर्नाका लागि सनिबार प्रवेश परीक्षा लिएको छ ।
प्रवेश परीक्षामा एसइई स्टेट–१ सिङ्गिङ आइडलका बिजेता, डान्सिङ आइडलका बिजेता, एसइई स्पिकरका बिजेता, जिल्ला टपर, स्कुल टपर लगायतका प्रदेश नम्बर १ का प्रतिभावान विद्यार्थीहरुले प्रबेस परीक्षा दिएको क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले जानकारी दिए ।
कलेजमा साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्स अध्यापन हुने तुम्बापोले जानकारी दिए । साइन्स अध्ययन गर्ने विद्यार्थीहरुका लागि अत्याधुनिक प्रयोगशालाका साथै दक्ष अध्यापकहरु भएको साइन्स कोअर्डिनेटर आकाश अधिकारीले बताए ।
होटल म्यानेजमेन्टका लागि प्रदेश नम्बर १ मै ब्रान्ड कलेज भएकाले प्लस टु मा पढ्ने विद्यार्थीहरुले प्राक्टिकल गर्न बिएचएमका लागि बनाइएको किचन ल्याबको प्रयोग गर्न पाउने क्याम्पस प्रमुख तुम्बापोले बताए ।
होटल म्यानेजमेन्टका विद्यार्थीहरुलाई बढीभन्दा बढी प्राक्टिकलमा जोड दिइने होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगनमान श्रेष्ठले जानकारी दिए । विद्यार्थीहरुलाई पठनपाठन मात्र नभएर उनीहरुको रुचिअनुसारको विभिन्न अतिरिक्त क्रियाकलापमा जोड दिइने कलेजका अध्यक्ष ज्ञानेश्वर झाले जानकारी दिए । नयाँ कुरा सिक्ने र विश्व बजारमा बिक्ने जनशक्ति उत्पादन गर्ने ध्येयले आफूहरु लागेको उनले जानकारी दिए । कक्षा–११ को कक्षा सञ्चालन आगामी साउन २९ गतेबाट हुने उनले जानकारी दिए ।

प्रकाशित मिति: साउन २१ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend